भरतपुर, २७ जेठ ।
राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालले १८औँ स्थापना दिवस रक्तदान कार्यक्रमको आयोजना गरी मनाएको छ । कार्यक्रमको अध्यक्षता जिल्ला अध्यक्ष केशवराज सापकोटाले गरेका थिए भने प्रमुख अतिथि केन्द्रीय वरिष्ठ उपाध्यक्ष रामहरी ढकाल थिए । त्यस्तै अतिथिहरुमा केन्द्रीय सदस्य डा.अरुण सिग्देल,
क्यान्सर विशेष जिल्ला कमीटी अध्यक्ष डा. सन्जय पौडेल, नेपाल निजामती कर्मचारी संगठन जिल्ला कमिटी अध्यक्ष विष्णुप्रसाद ढकाल, पेशागत महासंघ केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज वैकुण्ड गुरागाई, भरतपुर माहानगर कमिटी अध्यक्ष एकनारायण अर्याल, ईच्छाकामना गाउँपालिका कमिटी अध्यक्ष भक्तबहादुर गुरुङ, राष्ट्रिय चिकित्सक संघ चितवन अध्यक्ष डा. प्रतिक न्यौपाने, वागमती प्रदेश कमिटी सल्लाहकार संयोजक शोभाकर अधिकारी, क्यान्सर अस्पतालका निर्वतमान कार्यकारी निर्देशक डा. देजकुमार गौतम थिए ।
प्रमुख अतिथिबाट कार्यक्रमको बारेमा प्रकाश पार्नुका साथै रक्तदान गर्ने ब्याग हस्तान्तर गर्दै कार्यक्रमको शुभारम्भ गरिएको थियो । उक्त कार्यक्रममा जम्मा ४२ जनाले रक्तदान गरेका थिए । कार्यक्रमको सञ्चालन महासंघका सचिव विष्णुप्रसाद सापकोटाले गरेका थिए ।





