काँडाघारी टोलमा भ्याकुताको बिहे गरी पानी मागियो

भरतपुर, २७ जेठ ।
भरतपुर–९ स्थित काँडाघारी टोलविकास संस्थामा सञ्चालित ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रले शनिबार रुद्री पूजासहित भ्याकुताको बिहे गराइदिएर पानी मागेको छ ।

विगत केही सातादेखि पानी पर्न नसकेका कारण मौसममा आएको अत्यधिक तापक्रमले आक्रान्त जनताको शीतलताको कामना गर्दै त्यस टोलका संस्थापक अध्यक्ष बालकृष्ण पौडेल, अध्यक्ष फणिन्द्र भट्टराई, पूर्व अध्यक्ष गोविन्द पौडेल, उपसमिति सहसंयोजक कृष्णप्रसाद शर्मा पौडेललगायत ज्येष्ठ नागरिक अगुवाहरुको पहलमा रुद्री पूजासहित सोही अवसरमा भ्याकुताको बिहे गराइदिएर भगवान् श्रीमहादेवसँग पानी माग गरेका हुन् ।

ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रको उपसमितिको संयोजकसमेत रहेका बालकृष्ण पौडेलको अध्यक्षतामा भएको एक औपचारिक कार्यक्रममा पण्डित तुलसीप्रसाद कँडेल प्रमुख अतिथि रहेका थिए । कार्यक्रम कृष्णप्रसाद शर्मा पौडेलले समापन गरेका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट