बालश्रम विरुद्धको चित्रकला प्रतियोगितामा भद्रकुमारीका विकास प्रथम

भरतपुर, २७ जेठ ।
अन्तर्राष्ट्रिय बालश्रम विरुद्ध दिवसको अवसरमा आयोजित नगरस्तरीय चित्रकला प्रतियोगितामा श्री भद्रकुमारी राष्ट्रिय आधारभूत विद्यालय, भरतपुर-५, गुलाफबागका कक्षा ७ का छात्र विकास लहेरा प्रथम भएका छन् ।

त्यसैगरी अङ्कुरम् एकेडेमी भरतपुर-७ की कविता लम्साल द्वितीय, सोमाङजीव एकेडेमीका राजेन्द्र दिमदुङ तृतीय र स्मल हेभन मोडल स्कुल भरतपुर-२ आँपटारीकी सोभना पौडेलले सान्त्वना स्थान हासिल गरे ।

प्रथम हुनेलाई ५ हजार, द्वितीयलाई ३ हजार, तृतीयलाई २ हजार तथा सान्त्वनालाई १५०० नगदसहित प्रमाणपत्र दिइएको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट