एजेन्सी । खाडी एसियाली मुलुक साउदी अरबले जुलाईदेखि दैनिक १० लाख ब्यारेल तेलको उत्पादन घटाउने बताएको थियो । उता, ओपेक प्लस देशले सन् २०२४ देखि दैनिक १४ लाख ब्यारेल थप कटौती गरिने बताएका छन् ।
ओपेक प्लस देशमा विश्वका ४० प्रतिशत कच्चा तेल उत्पादन हुन्छ र उनीहरूको निर्णयको असर कच्चा तेलको मूल्यमा पर्छ। सोमबार एसियाको बजारमा ब्रेन्ट क्रुड तेलको मूल्य २.४ प्रतिशत बढेर ७७ डलर प्रति ब्यारलसम्म पुगेको छ । गत महिना बेलायतमा एक लिटर तेलको मूल्य प्रतिलिटर १२ पेन्स (करिब १९ रुपैयाँ) ले घटेको थियो ।





