नवलपुर विद्युत व्यवसायी संघको शुभकामना आदानप्रदान

कावासोती, ८ वैशाख ।
नवलपुर विद्युत व्यावसायी संघले नयाँवर्ष २०८० को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।

नेपाल विद्युतीय व्यावसायी महासंघ तृतीय उपाध्यक्ष लेखनाथ सापकोटाको प्रमुख आथित्यमा कावासोतीमा भएको कार्यक्रममा बोल्दै सापकोटाले पछिल्लो समयमा व्यावसायिक एकताको खाँचो रहेको र यो बेला अर्थ नीतिमा भएगरेका विवादास्पद बुँदा विरुद्ध लाग्नु पर्ने बताए । कार्यक्रममा महासंघ सदस्य चन्द्रकान्त शर्मा जैशी, प्रदेश सदस्य कृष्णराज गैरे, चितवन कोषाध्यक्ष काशीनाथ सापकोटालगायत नारायणप्रसाद सुवेदी, विष्णु श्रेष्ठ विशेष अतिथि रहेका थिए ।

कार्यक्रममा उपस्थितलाई नवलपुर विद्युत व्यावसायी संघका सचिव दिपक सुवेदीले स्वागत मन्तव्य राखेका थिए ।

१७० भन्दा बढी सदस्य रहेको जिल्ला संघका अध्यक्ष सुजन अधिकारीले आगामी दिनमा जिल्लाका विभिन्न पालिकामा निशुल्क क्यान्सर सचेतता कार्यक्रम, आँखा शिविर, समस्यामा परेका सदस्यलाई आर्थिक सहयोगलगायत व्यावसायिक हकहितका लागि नयाँ कार्यक्रमहरु ल्याउन लाएको जानकारी दिए । कार्यक्रम संयोजक नवराज पौडेलको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको सहजीकरण द्वितीय उपाध्यक्ष गणेश सुवेदीले गरेका थिए । कार्यक्रममा संघले प्रकाशन गरेको भित्तेपात्रो सार्वजनिक गरिएको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट