प्रधानमन्त्रीले भने- गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको समस्या २ हप्तामै समाधान हुन्छ

भरतपुर, १६ चैत ।
प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको समस्या चाँडै समाधान हुने बताएका छन् ।

बिहीबार भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवन शिलान्यास गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । उनले भरतपुर महानगरपालिका १५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको दुई हप्ताभित्रै समाधान हुने बताए । ‘क्रिकेट रङ्गशालाको समस्या एक वा दुई हप्ताभित्रै समाधान हुन्छ,’ उनले भने ।

धुर्मुस-सुन्तली फाउन्डेसनको अगुवामा निर्माण सुरू गरिएपनि पछि ऋणको भार बढ्दै गएपछि फाउन्डेसनले भरतपुर महानगरलाई जिम्मा लगाएको थियो । महानगर प्रमुख रेनु दाहाल हुन् । उनी प्रधानमन्त्री प्रचण्डपुत्री हुन् ।

यस्तै उनले फरक प्रसङ्गमा मन्त्रिपरिषद् आजै पुन: गठन हुने बताए । ‘आजै मन्त्रीहरूलाई शपथ खुवाउने लक्ष्य छ,’ प्रधानमन्त्रीले भने ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट