उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित

काठमाडौं, ३ चैत ।
उपराष्ट्रपतिमा जनता समाजवादी पार्टी, नेपालका रामसहाय प्रसाद यादव निर्वाचित भएका छन् ।

उनले प्रदेश सभातर्फ ३२९ र संघतर्फ १८४ मत पाउँदै निर्वाचित भएका हुन् । उनीसँगै नेकपा एमालेकी उम्मेदवार अष्टलक्ष्मी शाक्यले प्रदेश सभातर्फ १६९ र संघमा १०४ मत पाएकी छन् ।

त्यस्तै, अन्तिम समयमा आफ्नो उम्मेदवारी निस्क्रिय पारेकी जसपाकै प्रमिला देविले १ मत पाएकी छन् । उनलाई प्रदेश सभाका एक सांसदले मत दिएका छन् ।
संघतर्फ भने उनलाई कुनै पनि मत परेन । राष्ट्रिय सभाकी सांसद प्रमिलाले आफ्नै मत पनि पार्टीको आधिकारिक उम्मेदवार यादवलाई दिएकी थिइन् ।

यस्तो छ मतपरिणाम :
प्रदेश सभातर्फ :
१. अष्टलक्ष्मी शाक्य- १६९
२. प्रमिला कुमारी यादव-१
३. ममता झा- १५
४. रामसहाय प्रसाद यादव- ३२९

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट