भरतपुर, १ चैत ।
स्लिप डोभ सप्लायर्सले चितवनको बजारलाई लक्षित गरेर `स्योर स्लिप मेट्रेस´ बिक्रीवितरण सुरु गरेको छ । सप्लायर्सले बुधबार भरतपुरमा डिलर भेटघाट तथा पत्रकार सम्मेलन गर्दै मेट्रेस बिक्रीवितरण सुरु गरेको जानकारी दिएको छ ।
`नेपालमा मेट्रेसको प्रयोग गर्ने उपभोक्ता बढेका छन् । तर गुणस्तरिय मेट्रेस नहुँदा ग्राहक ठगिने गरेका छन् । बढी समय आराम गर्ने बेड साँच्चिकै आरमदायी हुनुपर्छ र स्वास्थ्यको लागि पनि हितकर हुनुपर्छ । त्यसैले हामीले चितवनका ग्राहकहरुको रोजाइलाई ध्यानमा राखेर गुणस्तरिय मेट्रेस बजारमा ल्याएका छौँ´, स्लिप डोभ सप्लायर्सका प्रबन्ध निर्देशक सुरेश धिमालले बताए ।
विराटनगरमा रहेको स्वदेशी उद्योग हनुमन्ते पोली इण्डष्ट्रीजद्धारा उत्पादित `स्योर स्लिप´ ब्राण्डको मेट्रेसलाई भरतपुरको स्लिप डोभ सप्लायर्सबाट बिक्रीवितरण थालिएको छ । `बेड सर्फेस मिलेको , लचक र कम्फर्टेवल हुनुपर्छ । त्यसैलाई ध्यानमा राखेर हामीले क्वायर मेट्रेस, बोनडेड, पकेट स्प्रिङ मेट्रेस, ग्रिन मेट्रेस उपलब्ध गराएका छौँ । होटल व्यवसायीलाईसमेत लक्षित गरेर फरक कपडा राखेर बनाइएको होटल मेट्रेस पनि उपलब्ध गराएका छौँ´, स्लिप डोभ सप्लायर्सका कार्यकारी निर्देशक रेशमराज शर्माले बताए । `हामीले उपभोक्ताको बेडको साइज र आवश्यकताअनुसार मेट्रेस कस्टुमाइज वा रिसाईज गरिदिन्छौं । उपभोक्ता र बिक्रेताको फिडव्याकका आधारमा, आफ्नै अनुसन्धान, विज्ञहरुको राय सुझावका आधारमा आफ्ना उत्पादन परिमार्जन गर्दै आएका छौं । सस्तो मेट्रेस उत्पादन गर्ने कम्पनीहरुले पीफर्मको प्रयोग गरेका हुन्छन् । जुन स्वास्थ्यको लागि हानिकारक हुन्छ । स्लिप स्योरले गुणस्तरियतामा बढी ध्यान दिएर शयनकक्षका लागि अत्यन्तै सुविधायुक्त र आरामदायी अत्याधुनिक मेट्रेस बजारमा ल्याइएको छ´, निर्देशक शर्माले बताए ।
`उपभोक्तामा मेट्रेस महँगो हुन्छ भन्ने बुझाइ छ । हाम्रो मेट्रेस महँगो नभएको जानकारी गराउँछौँ´, शर्माले भने – `स्लिप स्योरको मेट्रेसमा दुईदेखि दश वर्षसम्मको ग्यारेन्टी दिएका छौं । १० वर्ष नपुग्दै बिग्रियो वा प्राविधिक समस्या देखियो पनि भने हामी पुरानो मेट्रेस फिर्ता लिएर नयाँ मेट्रेस दिन्छौं ।´
शर्माका अनुसार उपभोक्ताको स्वास्थ्यको ख्याल गर्दै लागि लाभदायक मेट्रेस बजारमा आएको छ । `स्लिप स्योरले दिनभरीको दु:ख भुलाउन मद्धत पुग्नेमा हामी विश्वस्त छौँ । हामी स्लिप स्योरको प्रयोगबाट उपभोक्ताको क्लास अपग्रेड गर्न चाहन्छौँ´, उनले भने ।




