भरतपुर, १ चैत ।
उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई मध्यनजर गर्दै एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेसले बुधबार ‘एक्सपर्ट एडमिसन डे’ कार्यक्रम सम्पन्न गरेको छ ।
भरतपुरमा भएको ‘एक्सपर्ट एडमिसन डे’ मा विद्यार्थी तथा अभिभावकहरुको उल्लेखीय सहभागिता रहेको थियो । अष्ट्रेलिया, क्यानडा, युके, अमेरिका र न्यूजिल्याण्ड अध्ययन गर्न चाहने विद्यार्थी तथा अभिभावकहरु कार्यक्रममा सहभागी भएका थिए । उनीहरुले पाँच देशका ४७ वटा कलेज तथा विश्वविद्यालयका प्रतिनिधिहरुसंग प्रत्यक्ष रुपमा परामर्श लिन पाएका थिए ।
यस एडमिसन डेमा कलेज तथा विश्वविद्यालयका प्रतिनिधिहरुबाट प्रत्यक्ष रुपमा विद्यार्थी तथा अभिभावकले त्यहाँको शिक्षा प्रणाली र आवश्यक योग्यताको बारेमा परामर्श लिन पाएको एक्सपर्ट चितवनका निर्देशक डिल्लीराम अधिकारीले बताए । ‘विद्यार्थी तथा अभिभावकहरुले आफैले कलेजका प्रतिनिधिहरुसंग सबैखाले जिज्ञासा राख्न पाएका छन्, यसले उनीहरुमा थप हौसला मिल्नुको साथै ख्याल गर्नुपर्ने कुराहरुमा सजग बनाएको छ’ निर्देशक अधिकारीले भने ।
सहभागीहरुलाई हात खाली नजाने उपहारको समेत व्यवस्था गरिएको थियो । उनीहरुलाई पावर ब्याङ्क, टिसर्टलगायत उपहार प्रदान गरिएको थियो । नेपालमा पछिल्लो समय अष्ट्रेलियासंगै क्यानडा, युके, न्यूजिल्याण्ड र अमेरिका अध्ययन गर्न जाने क्रम बढ्दो छ ।




