`पाठकको अदालत´मा कादम्बिनी

भरतपुर, २७ फागुन ।
चितवनमा शनिबार आयोजना गरिएको `पाठकको अदालतमा´ कार्यक्रममा लेखक शीतल कादम्बिनीसँग बहस गरिएको छ ।
अक्षर समूह चितवनले आयोजना गरेको उक्त अन्तरक्रिया कार्यक्रमलाई समूहका अध्यक्ष रमेश प्रभातले सहजीकरण गरेका हुन् ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै लेखक कादम्बिनीले गुरुङ समुदायको पुरानो समयकै कथा लेख्न मन लागेर `सिन्का पाउँरू´ उपन्यास लेखेको बताइन् । `उपन्यासमा थोरै कुरा मेरो छ, थोरै कुरा अरूको पनि छ´, कादम्बिनीले भनिन् ।

त्यसैगरी गुरुङ समुदायकी अभियन्ता अनिता गुरूङले उपन्यासमा थुप्रै ठाउँमा गुरुङ समुदायको साँस्कृतिक पक्षलाई उतारिको बताइन् । `पुस्तकका हाम्रो समुदायका साँस्कृतिक आयामहरू आएका छन् । गुरूङ समाज सँस्कृतिमा धनी छ´, गुरुङले बताइन् ।

समालोचक उदय अधिकारीले मुख्य पात्र मौसमीको उपस्थिति पुस्तकमा बलियो रूपमा आएको बताए । कवि गोविन्दराज विनोदीले आख्यान बजारमा राम्रो उपन्यास आएको बताउँदै यो कथा लेखकको आफ्नै कथा भएको बताए ।

कवि माया गुरूङले सिन्का पाउँरू उपन्यासकी नायिका मौसमीको साहस र सङ्घर्ष मन परेको बताइन् । कवि भूपिनले उपन्यासबाट आफू प्रभावित भएको बताए ।

पाठकको अदालतमा उभिइसकेपछि कार्यक्रममा न्यायाधीश बनेका धनराज गिरीले
वास्तविक जीवनमा भन्न नसकिएका कुरा लेखक कादम्बिनीले किताबका माध्यमबाट प्रस्तुत गरेको बताए । `शीतलले चितवनबाट माया पाउनुभयो । अब पुरस्कार पाउनु पर्छ´, गिरीले फैसला सुनाए ।

समूहका सचिव लेखराम सापकोटाले उठान गरेको कार्यक्रममा सदस्य सरला जोशीले स्वागत मन्तव्य दिएकी थिइन् । सिन्का पाउँरू गुरुङ समुदायको प्रचलित व्यवस्था हो । यसको अर्थ छोडपत्र हुन्छ । सम्बन्धबिच्छेद गर्नुपर्ने अवस्थामा समाजले सिन्का पाउँरू गर्ने थिति रहेको गुरुङ समुदायका अभियन्ता चन्द्रमान गुरुङले बताए । किताब पब्लिसिङ हाउसले प्रकाशन गरेको पुस्तकको मूल्य ४९९ रहेको छ । सम्पूर्ण किताब नारायणगढले पुस्तक वितरणको जिम्मा लिएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट