किसानका समस्या समाधान गरिने छ : मेयर अधिकारी

गैँडाकोट, २७ फागुन ।
कृषि ऐन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा नगरभित्रका किसानहरुले आफ्ना समस्या र गुनासो राखेका छन् । उनीहरुले बीउ राम्रो नभएको, मल समयमा नपाउने, बजारीकरणको समस्या रहेकोलगायत गुनासो राखेका थिए ।
किसानका गुनासोलाई सम्बोधन गर्दै गैँडाकोट नगरपालिका नगरप्रमुख मदनभक्त अधिकारीले किसानको समस्या सामाधानका लागि नगरले विभिन्न योजना बनाएर काम गरेको बताउँदै बजारीकरणमा सहयोग गर्ने, मल समयमा उपलब्ध गराउनेलगायत प्रतिबद्धता जनाएका छन् ।
गैँडाकोट नगरपालिकाका उपप्रमुख शान्ति कोइरालाले किसानले उत्पादन गरेको खाद्यान्नको बजारीकरणमा नगरले सहयोग गर्ने बताइन् ।
यसैबीच, गैँडाकोट नगरपालिकामा नगर कृषि सञ्जाल गठन गरिएको छ । सञ्जालको अध्यक्षमा गैँडाकोट ८ का तिलकप्रसाद कँडेल चयन भएका छन् ।
सञ्जालको उपाध्यक्षमा गैँडाकोट ११ का तारा अधिकारी, सचिवमा गैँडाकोट १७ का नारायण देवकोटा, कोषाध्यक्षमा गैँडाकोट ५ का दुर्गा लामिछाने, सहसचिवमा गैँडाकोट १ का काशीनाथ कँडेल चयन भएका छन् ।
सदस्यहरुमा गैँडाकोट २ का नारायणी अर्याल, गैँडाकोट ४ का संगीता पौडेल, गैँडाकोट ७ का सरस्वती घिमिरे, गैँडाकोट ८ का खुमनाथ पौडेल, गैँडाकोट ६ का खिमानन्द सापकोटा, गैँडाकोट ९ का छविलाल सापकोटा, गैँडाकोट १२ का हरिदत्त कँडेल, गैँडाकोट १४ का चिन्तामणि शर्मा, गैँडाकोट १६ का कमलाशर्मा कंडेल चयन भएका छन् ।
गैँडाकोट ३, १०, १३ र १८ नम्बर वडाबाट सदस्य चयन गर्न बाँकी रहेको छ । दुग्ध डेरीबाट १ जना प्रतिनिधि छनौट गर्न बाँकी रहेको विनायक कृषि सहकारी संस्थाका अध्यक्ष तिलकप्रसाद कँडेले जानकारी दिए । गैँडाकोट नगरपालिका कृषि शाखा प्रमुख राजु शर्मा पदेन सदस्य रहेका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट