जुटपानी एकाडेमीमा आमा समूह हाजिरीजवाफ प्रतियोगिता

कालिका, २७ फागुन ।
कालिका नगरपालिका- १ मा रहेको जुटपानी एकाडेमी माध्यमिक विद्यालयले टोल विकास समिति अन्तर्गत आमा समूह हाजिरीजवाफ प्रतियोगिता सञ्चालन गरेको छ । कार्यक्रममा कालिक नगरको १ देखि ५ वडाका १२ वटा टोल विकास समितिका आमा समूहको सहभागिता रहेको थियो । अभिभावकहरुलाई यस्ता विभिन्न कार्यक्रममा सहभागी गराउन पाउँदा खुसी लागेको विद्यालयका प्रधानाध्यापक कमलप्रसाद सापकोटाले बताए । `आफ्नो बाबुनानीहरुलाई घरमा पनि शिक्षण सिकाइमा टेवा पुग्ने हेतुले कार्यक्रम गरिएको हो´, सापकोटाले भने- `कार्यक्रममा अभिभावकहरूको उत्साहजनक सहभागिता देखेर खुसी भएका छौँ ।´

टोल विकास संस्थाहरुले पनि टोलटोलमा आमा समूहलाई जम्मा गरि सहभागी गराउँदा शिक्षण सिकाइमा विद्यार्थीको पनि ध्यानाकर्षण हुने प्रमुख अतिथि विमल कालाखेतीले बताए ।
१२ टोल विकास अन्तर्गत आमा समूह हाजिरीजवाफ प्रतियोगितामा लालीगुराँस टोल विकास प्रथम, डाँडाटोल विकास द्वितीय र संयुक्त टोल विकास तृतीय भए ।

प्रधानाध्यापक कमलप्रसाद सापकोटाको अध्यक्षतामा कार्यक्रम सञ्चालन भएको थियो । उक्त विद्यलयमा ३९६ जना विद्यार्थीहरुको रहेको र २२ जना शिक्षक, शिक्षिका रहेका छन् । गत वर्षको एसइई परीक्षामा २४ जना विद्यार्थीहरु सहभागी रहेकोमा सबैले उत्कृष्ट अङ्क प्राप्त गर्न सफल भएको प्रधानाध्यापक सापकोटाले बताए । सो कार्यक्रममा विशिष्ट अतिथि शिक्षक अभिभावक संघका अध्यक्ष जमुना थापा नेपाल, सोमबहादुर खड्का, अतिथिहरूमा कमल श्रेष्ठ, श्रीबहादुर श्रेष्ठ, कृष्णप्रसाद घिमिरेलगायत थिए । प्रतियोगितामा राजन पुस्तक पसल तथा स्टेशनरीले पुरस्कार सौजन्य गरेको थियो । विद्यालयका शिक्षक शंकर दुवाडीले कार्यक्रम सञ्चालन गरेका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट