भरतपुरमा सुरु भयो जुत्ताचप्पल मेला

भरतपुर, १७ फागुन ।

भरतपुरमा रहेको प्रदर्शनी केन्द्रमा नेपालमा उत्पादित जुत्ताचप्पल तथा छालाजन्य वस्तुहरुको प्रदर्शनी चितवन जुत्ता चप्पल मेला २०७९ सुरु भएको छ ।
चितवन उद्योग संघ र नेपाली जुत्ता घरको संयुक्त आयोजनामा सुरु भएको प्रथम चितवन फुटवयर एक्स्पो चितवन जुत्ताचप्पल मेलामा १० वटा स्वदेशी उद्योगबाट उत्पादित एक हजारभन्दा बढी प्रकारका जुत्ता चप्पल राखिएका छन् ।

प्रदर्शनीको उद्घाटन गर्दै भरतपुर महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले जुत्ता, चप्पलमा स्वदेशी उत्पादनबाटै आत्मनिर्भर हुनुपर्ने बताए । स्वेदशी उत्पादनले विदेशबाट आउने आयातलाई रोक्ने प्रयास गरेको भए पनि विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्न सक्ने गरी नेपाली उद्योगले उत्पादन गर्नुपर्नेमा अधिकारीले जोड दिए ।

जुत्ता, चप्पलका लागि आवश्यक पर्ने कच्चापदार्थ विदेशबाट ल्याउनुपर्ने अवस्थाको अन्त्य गर्दै स्वेदशमै भएका कच्चापदार्थ प्रयोग गरेर नेपाली सामान उत्पादन गर्न अधिकारीले सुझाव दिए । स्वदेशी सामग्रीबाट जुत्ता, चप्पल निर्माण गर्न सकेको अवस्थामा नेपाली मुद्रा विदेशिने क्रम घट्ने उनको भनाइ थियो ।
एक महिनासम्म सञ्चालन हुने फुटवयर एक्स्पोमा ४० वटा स्टल रहेको नेपाली जुत्ता घरका अध्यक्ष होमनाथ उपाध्यायले जानकारी दिए । उनले स्वदेशी उत्पादनका बारेमा आमउपभोक्तालाई स्थलगत अवलोकन गराई आफ्ना उत्पादनका बारेमा जानकारी गराउने उद्देश्यले एक्स्पो गर्न लागिएको बताए ।

नेपाली उत्पादनको प्रवद्र्धन गर्नका लागि एक्स्पो आयोजना गरिएको भन्दै नेपाल फुटवयर एसोसिएसनका अध्यक्ष नानीराज घिमिरेले विराटनगर, पोखरा, धरानलगायतका ठाउँमा एक्स्पो सम्पन्न गरी चितवनमा एक्स्पो आयोजना गरिएको जानकारी दिए ।
प्रदर्शनीमा दुई लाख जनाले अवलोकन गर्ने र तीन करोड रुपैयाँको कारोबार हुने अपेक्षा गरेको मेला व्यापार कमिटिका संयोजक सुरज बन्जाडेले बताए । उनले मेलामा विशेष आकर्षक छुटले ग्राहकहरुको भीड हुने दाबी गरे ।
स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्दै आमउपभोक्ताहरुलाई अवलोकन गराउने साथै स्वदेशी गुणस्तरीय उत्पादनको बजार वृद्धि गराउने प्रमुख लक्ष्यका साथ मेला आयोजना गरिएको फुटवयर एसोसिएसन समितिका उपाध्यक्ष रुद्र न्यौपानेले जानकारी दिए ।

मेलामा बिएफ डियरहिल, बिएफ स्पोट्र्स, शिखर सुज, क्रसरोड, फस्र्ट वाक, सुजल्याण्ड, रन सुज, भेनस, केटिएम सुज, शिल, हाईलाइफ ब्राण्डका जुत्ता, चप्पल तथा छालाबाट उत्पादित सामग्री उपलब्ध रहेका छन् । नेपालमा एक हजार पाँच सय उद्योग रहेको नेपाली जुत्ता चप्पल उद्योगमा ३० अर्ब रुपैयाँको लगानी रहेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट