१९ वर्षीय दिपेश सम्पर्कविहीन

गैंडाकोट, १७ फागुन । गैंडाकोट नगरपालिका वडा नम्बर ५ मा बसोबास गर्दै आएका १९ वर्षीय दिपेश सुनार सम्पर्कविहीन भएका छन् । छोरा सम्पर्कविहीन भएपछि आमा आशा सुनारको जिन्दगीमा सान्नाटा छाएको छ । दिपेश गत फागुन १३ गते नजिकैको साथी अरुणको घरबाट राति २ बजे पार्सल लिन जान्छु भनि निस्केका थिए । उनी सम्पर्कविहीन भएको एकसाता […]
जनस्वास्थ्य ठूलो कि सम्बन्ध ?

नेपालीमा एउटा उखान प्रचलित छ, होचाकी श्रीमती सबैकी भाउजू । यसको अर्थ हो, कमजोर व्यक्तिलाई सबैले हेप्छन् । यो उखानलाई एकपटक पुनः नेपालले चरितार्थ गरेको छ । भारतको हेपाइ सहने बानी नेपाललाई परेको छ भन्ने पुनः पुष्टि भएको छ । यसलाई पुष्टि गरेको हो, भारतीय तरकारीको विषादी जाँच्ने प्रस्ताव मन्त्रिपरिषदले फेरि रोक्ने कामले । भारतबाट […]
भरतपुरमा सुरु भयो जुत्ताचप्पल मेला

भरतपुर, १७ फागुन । भरतपुरमा रहेको प्रदर्शनी केन्द्रमा नेपालमा उत्पादित जुत्ताचप्पल तथा छालाजन्य वस्तुहरुको प्रदर्शनी चितवन जुत्ता चप्पल मेला २०७९ सुरु भएको छ । चितवन उद्योग संघ र नेपाली जुत्ता घरको संयुक्त आयोजनामा सुरु भएको प्रथम चितवन फुटवयर एक्स्पो चितवन जुत्ताचप्पल मेलामा १० वटा स्वदेशी उद्योगबाट उत्पादित एक हजारभन्दा बढी प्रकारका जुत्ता चप्पल राखिएका छन् […]
नारायणी किनार बन्दैछ पर्यटकीय गन्तव्य

भरतपुर, १७ फागुन । नारायणी नदी किनारलाई पर्यटकीय गन्तव्य बनाइने भएको छ । नारायणी नदी किनारमा रहेको झण्डै १५ बिघा क्षेत्रफलमा पर्यटकीय गतिविधिहरु गर्न मिल्ने गरी संरचनाहरु निर्माण हुन लागेका छन् । बुधबार नदी किनारमा शहरी विकास मन्त्रालय अन्तर्गत आरतीस्थल र उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय अन्तर्गत नारायणी नदी किनार संरक्षणको संयुक्त रुपमा शिलन्यास गरिएको […]
बिल बिजकभन्दा बढी सामानसहित ट्रक पक्राउ

भरतपुर, १७ फागुन । चितवन प्रहरीले बिल बिजक भन्दा बढी सामान बोकेको ट्रक नियन्त्रणमा लिएको छ । ट्रकमा लत्ताकपडा सहित विभिन्न खुद्रा सामानहरु थिए । पूर्वबाट चितवनतर्फ आउँदै गरेको ग १ ख ३३३२ नम्बरको भाडाको ट्रक मंगलबार बिहान करिब ८ बजे केन्द्रीय बसपार्क टर्मिनल भरतपुरमा रोकी खानतलासी तथा प्रारम्भिक अनुसन्धान गर्दा बिल-बिजक भन्दा बढी सामान […]
अबैध बहुमुल्य गहनासहित तीन जना भारतीय पक्राउ

भरतपुर , १७ फागुन चितवन प्रहरीले बुधबार बिहान अवैध बहुमुल्य गरगहनासहित तीन भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा कार चालक भारतको उत्तर प्रदेश राज्य, बलिया जिल्ला फेफना थाना बस्ने वर्ष ४२को विनोदप्रसाद, भारतको पश्चिम बंगाल राज्य, हौडा जिल्ला गोलावाडी पुलिस थाना, सल्किया स्कुलरोड कलकत्ता बस्ने वर्ष ५१को गणपत कुमार तोसावर र […]
लागूऔषध बोक्ने तीन जना पक्राउ
भरतपुर, १७ फागुन । लागूऔषध `कोरेक्स´सहित ३ जनालाई चितवन प्रहरीले नियन्त्रणमा लिएको छ । खैरहनी -६ जमौलीबाट ३३ बोतल कोरेक्ससहित उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पक्राउ पर्नेमा भरतपुर-१२ बस्ने ४० वर्षीय सुरजकुमार शाही, ३६ वर्षीय प्रकाश गौतम र भरतपुर-२ बस्ने ५० वर्षीय शैलेन्द्र श्रेष्ठ छन् । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको […]
भरतपुर महानगरमा जग्गाको वर्गीकरण, कित्ताकाट खुला

भरतपुर, १७ फागुन । भरतपुर महानगरपालिकाले जग्गाको वर्गीकरण गरेको छ । महानगरले जग्गालाई १० क्षेत्रमा वर्गीकरण गरेको छ । महानगर प्रमुख रेनु दाहालका अनुसार सार्वजनिक उपयोगको क्षेत्र, नदी, खोला, ताल, सिमसार क्षेत्र, खानी तथा खनिज क्षेत्र, वन क्षेत्र, सांस्कृतिक तथा पुरातात्त्विक महत्वको क्षेत्र, औद्योगिक क्षेत्र, व्यावसायिक क्षेत्र, आवासीय क्षेत्र, कृषि क्षेत्र र नेपाल सरकारले तोकेका […]
युएईलाई पराजित गरे नेपालले २०२४ को क्रिकेट विश्वकप खेल्ने

काठमाडौँ, १७ फागुन । आईसीसी यू-१९ पुरुष क्रिकेट विश्वकप एसिया छनोटअन्तर्गत आयोजक युनाइटेड अरब इमिरेट्सलाई पराजित गरे नेपालले आगामी वर्ष यू-१९ विश्वकप खेल्नेछ । छनोटअन्तर्गत नेपाल र आयोजक युएईबीचको खेल बिहीबार इडेन गार्डेन ओभलमा हुनेछ । उक्त खेलको विजेताले सन् २०२४ मा श्रीलंकामा हुने यू-१९ विश्वकप खेल्नेछ । छनोट प्रतियोगितामा नेपाल र युएई दुवैले अघिल्ला […]
प्रदेश १ को नाम ‘कोसी’ राख्न दलहरूबीच सहमति
विराटनगर, १७ फागुन । प्रदेश १ को नाम कोसी राख्ने विषयमा दलहरूबीच सहमति भएको छ । प्रदेश १ को आजै बिहान ११ बजे तोकिएको प्रदेश सभा बैठकमा नामाकरणको प्रक्रिया प्रवेश गराउने तयारी छ । उच्च स्रोतका अनुसार ९३ सदस्यीय प्रदेश १ को प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै दलहरूबीच गोप्य रूपमा प्रदेशको नाम कोसी राख्न सहमति जनाइसकेका […]
चितवन–२ को उपनिर्वाचनका लागि १८ दल दर्ता

भरतपुर, १७ फागुन । चितवन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि १८ दल दर्ता भएको निर्वाचन आयोगले जनाएको छ । आगामी वैशाख २ गते हुने उपनिर्वाचनका लागि आयोगले यही फागुन १० गतेदेखि १६ गतेसम्म दल दर्ताको समय तोकेको थियो । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले एक हप्ताको समयसिमामा १८ दल दर्ता भएको जानकारी […]
२०७९ फागुन १७ गते बुधबारको कायाकैरन दैनिक (ePaper)