भरतपुर, १७ फागुन ।
चितवन प्रहरीले बिल बिजक भन्दा बढी सामान बोकेको ट्रक नियन्त्रणमा लिएको छ । ट्रकमा लत्ताकपडा सहित विभिन्न खुद्रा सामानहरु थिए ।
पूर्वबाट चितवनतर्फ आउँदै गरेको ग १ ख ३३३२ नम्बरको भाडाको ट्रक मंगलबार बिहान करिब ८ बजे केन्द्रीय बसपार्क टर्मिनल भरतपुरमा रोकी खानतलासी तथा प्रारम्भिक अनुसन्धान गर्दा बिल-बिजक भन्दा बढी सामान पाइएको प्रहरीले जनाएको छ ।
उक्त ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिइ आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको चितवन प्रहरी प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।




