भरतपुर, १७ फागुन ।
लागूऔषध `कोरेक्स´सहित ३ जनालाई चितवन प्रहरीले नियन्त्रणमा लिएको छ । खैरहनी -६ जमौलीबाट ३३ बोतल कोरेक्ससहित उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
पक्राउ पर्नेमा भरतपुर-१२ बस्ने ४० वर्षीय सुरजकुमार शाही, ३६ वर्षीय प्रकाश गौतम र भरतपुर-२ बस्ने ५० वर्षीय शैलेन्द्र श्रेष्ठ छन् ।
पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश ३-०१-०२४ च ८७७० नम्बरको कारलाई शंका लागि चेकजाँच गर्दा लागूऔषध कोरेक्स भेटिएको चितवन प्रहरी प्रवक्ता विजयराज पण्डितले जानकारी दिए । उनीहरुले प्रयोग गरेको कारसहित १० एमएलको ३३ बोतल लागूऔषध बरामद गरिएको उनले बताए । पक्राउ परेकाहरूमाथि थप अनुसन्धान चलिरहेको पनि पण्डितले बताए ।





