भरतपुर, १६ फागुन ।
नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङ दोषी ठहर भएका छन् । भृकुटीमण्डपस्थित फनपार्कको जग्गा सस्तोमा दिएर भ्रष्टाचार मुद्दामा गुरुङ दोषी ठहर भएका हुन् ।
विशेष अदालतले गुरुङलाई दोषी ठहर गरेको हो । विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यद्वय शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले गुरुङलाई मतियारको रूपमा दोषी ठहर गरेको हो ।
गुरुङ दोषी ठहर भए पनि सजाय भने २५ फागुनमा सुनाइने भएको छ । यो मुद्दामा गुरुङसहित ९ जना दोषी ठहर भएका हुन् ।




