भ्रष्टाचार मुद्दामा कांग्रेस सांसद टेकबहादुर गुरुङ दोषी ठहर

भरतपुर, १६ फागुन । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङ दोषी ठहर भएका छन् । भृकुटीमण्डपस्थित फनपार्कको जग्गा सस्तोमा दिएर भ्रष्टाचार मुद्दामा गुरुङ दोषी ठहर भएका हुन् । विशेष अदालतले गुरुङलाई दोषी ठहर गरेको हो । विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यद्वय शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले गुरुङलाई मतियारको रूपमा दोषी ठहर गरेको हो […]

राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशन

काठमाडौँ, १६ फागुन । आसन्न राष्ट्रपति पदको निर्वाचनका लागि निर्वाचन आयोगले उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरेको छ । मंगलबार राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारहरूले आफ्नो नाम फिर्ता लिन समय दिइएको थियो । निर्वाचन अधिकृतको कार्यालयले राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन सम्बन्धी ऐन २०७४ को दफा २३ बमोजिम प्रकाशित अन्तिम नामावलीमा नेपाली कांग्रेसका रामचन्द्र पौडेल र […]

मेस्सी फिफा वर्ष खेलाडी

भरतपुर, १६ फागुन । अर्जेन्टिनी सुपर स्टार लियोनल मेस्सीले २०२२ को उत्कृष्ट फिफा वर्ष खेलाडी अवार्ड जितेका छन् । विश्व फुटबल महासङ्घ (फिफा) ले हरेक वर्ष प्रदान गर्दै आएको अवार्ड जित्ने क्रममा ३५ वर्षीय मेस्सीले फ्रान्सका केलियन एमबाप्पे र करिम बेन्जेमालाई पछि पार्दै फिफा वर्ष उत्कृष्ट पुरुष खेलाडीको अवार्ड जितेका हुन् । अर्जेन्टिनालाई सन् २०२२ […]

ओलीलाई देउवाको पत्र : रामचन्द्र पौडेललाई मत दिनुहोस्

काठमाडौं, १६ फागुन । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई राष्ट्रपतिमा रामचन्द्र पौडेललाई मत दिन आग्रह गरेका छन् । देउवाले सोमबार ओलीलाई पत्र लेखेर कांग्रेस उम्मेदवार पौडेललाई मत दिन आग्रह गरेका हुन् । राष्ट्रपति एउटा पद मात्र नभई गरिमायुक्त संस्था भएकाले बृहत्तर सहमति निर्माणका लागि भन्दै देउवाले ओलीलाई पत्र लेखेका हुन् ।

राष्ट्रपति निर्वाचन : आज उम्मेदवारको नाम सार्वजनिक हुने

काठमाडौँ, १६ फागुन । निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचनमा उम्मेदवारी दिएकोका नाम आज सार्वजनिक गर्ने भएको छ । राष्ट्रपति निर्वाचन कार्यतालिका अनुसार आज उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिने सक्ने कार्यतालिका सँगै आजै उम्मेदवारीको नाम सार्वजनिक गर्न लागेको हो । गत १३ फागुनमा  नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल र नेकपा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङ उम्मेदवारी दर्ता गराएका […]