पहिलोपटक क्रुज शिपमा बीमा सचेतना कार्यक्रम

भरतपुर, १४ फागुन ।
यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले नेपालमै पहिलोपटक मिनी क्रुज शिपमा बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले फागुन १२ गते वाग्मती प्रदेश सांसद उत्तम जोशीको उपस्थितिमा नेपालमै पहिलोपटक पानीमाथि यस्तो कार्यक्रम आयोजना गरेको हो ।

यस कार्यक्रमको परिकल्पना युनियन लाइफका प्रदेश उपप्रमुख इन्द्रराज सुवेदीले गरेका थिए । कम्पनीले सामान्यतया मासिक तथा वार्षिक स्किम बनाउँदा देशभरका शाखा तथा प्रादेशिक कार्यालयलाई हुनेगरी बनाउने गरेको छ । यसै सन्दर्भमा प्रदेश उपप्रमुख सुवेदीले नेपालमै अहिलेसम्म पानीमाथि बीमा सम्बन्धी कुनै पनि सम्मेलन नभएको हुँदा चितवन क्षेत्रमा रहेका अभिकर्ताहरुलाई लक्षित गरेर यस्तो कार्यक्रमको प्रस्ताव गरेका थिए ।

उनको प्रस्तावलाई कम्पनीले स्वीकृत गरेपछि चितवन क्षेत्रमा रहेका युनियन लाइफका शाखा कार्यालयहरूले गत माघ महिनामा न्युनतम एक लाख २० हजार रुपैयाँ बीमा शुल्क संकलन गर्ने अभिकर्ताहरुलाई नेपालमै पहिलोपटक मिनी क्रुजमा आयोजना हुने बीमा सचेतना कार्यक्रममा सहभागी गराउने टार्गेट बनाएका थिए ।

कम्पनीको यस्तो स्किम पूरा गर्ने ५० भन्दा बढी अभिकर्तालाई नारायणगढमा यस्तो कार्यक्रम आयोजना गरेको हो । उनीहरुलाई डिनर, एक रातको बसाइसहित सम्मेलनमा सहभागी गराइएको थियो ।

कार्यक्रममा प्रदेश सांसद जोशीसहित टप अफ दि टेबलको उपाधि हासिल गरिसकेका बरिष्ठ एजेन्सी म्यानजेर अरुणबहादुर रानाभाट, भरतपुर शाखा प्रमुख भीमलाल पौडेल, नारायणघाट शाखा प्रमुख शिव शर्मा, चितवनमा सक्रिय युनियन लाइफका सक्रिय बीमा अभिकर्तालगायत ५० जना भन्दा बढिको उपस्थिति थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सांसद जोशीले बीमाको माध्यमबाट गाउँगाउँमा छरिएर रहेको पूँजीलाई एकत्रित गरेर अहिले मुलुकमा चलिरहेको तरलता अभावको अवस्थालाई पनि सहज गर्न सकिने भएकोले बीमा अभिकर्तालाई थप जिम्मेवार भएर काम गर्नका लागि अनुरोध गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश प्रमुख इन्द्रराज सुवेदीले बीमा क्षेत्रमा कार्यरत अभिकर्ताहरुलाई पेशालाई मर्यादित तथा समाजमा प्रतिष्ठित बनाउनका लागि युनियन लाइफले विभिन्न समयमा नयाँनयाँ रचनात्मक तथा सकारात्मक कामहरु गर्दै आइरहेको बताए । यसलाई थप उचाइमा पुर्‍याउने क्रममा नेपालमा पहिलोपटक मिनी क्रुज शिपमा बीमा सचेतना कार्यक्रम आयोजना गरिएको उनले प्रष्ट पारे । उनले अभिकर्ताहरुलाई थप जिम्मेवार भइ बीमा क्षेत्रमा लाग्न अनुरोध गरेका छन् । पानीमाथि यसरी ऐतिहासिक कार्यक्रम आयोजना गर्न पाएको भन्दै उनले खुसी व्यक्त गरे ।

कार्यक्रममा सहभागी युनियन लाइफका बरिष्ठ एजेन्सी म्यानेजर पार्वती गौलीले युनियन लाइफ इन्स्योरेन्सले विगतमा पनि नयाँनयाँ सिर्जनात्मक कामहरु गर्दै आइरहेको र यसपटक पनि नेपालमै पहिलोपटक पानीमा बीमा सचेतना सम्मेलन आयोजना गरेको भन्दै खुसी व्यक्त गरेकी थिइन् । कम्पनीको यस्तो कार्यले अभिकर्ताहरुलाई थप जिम्मेवार भएर अगाडी बढ्न प्रेरित गरेको उनले बताइन् ।

कार्यक्रममा यूनियन लाइफका वरिष्ठ एजेन्सी म्यानेजरहरु रणबहादुर खत्री, दलबहादुर आले, रत्नाकर पंगेनीलगायतले युनियन लाइफ इन्स्योरेन्सले आफूहरुलाई उच्च स्तरको सम्मान दिएको र यस संस्थामा काम गर्दा गर्व महशुस गरेको बताएका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट