ब्राइटस्टारका बाबुनानीलाई शैक्षिकसामग्री

भरतपुर, ९ फागुन ।
नारायणगढ लेडी जेसीजले ब्राईटस्टार सोसाइटी नेपालमा आश्रित नानीबाबुहरूलाई शैक्षिकसामग्री उपलब्ध गराएको छ । शाखा अध्यक्ष जेसी सुस्मिता श्रेष्ठको नेतृत्वमा उक्त सामग्री उपलब्ध गराइएको हो ।

नारायणगढ लेडी जेसीजकी पूर्वअध्यक्ष एवं राष्ट्रिय पूर्वकानुनी सल्लाहकार सिनेटर मनषा थैव प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा नारायणगढ लेडी जेसिजकी पूर्वअध्यक्ष एवं सल्लाहकार निरु कार्की र निवर्तमान अध्यक्ष जेसी अनिता श्रेष्ठ अधिकारी अतिथिको रूपमा सहभागी थिए ।

कलिला बाबुनानीलाई पढाइलेखाइमा सहजीकरण होस् भन्ने उद्देश्यले शैक्षिकसामग्री उपलब्ध गराइएको कार्यक्रम संयोजक एवम् क्लबकी उपाध्यक्ष जेसी कोपिला गुरुङले बताइन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट