२०७९ फागुन १० गते बुधबारको कायाकैरन दैनिक (ePaper)
कोटिहोम महायज्ञमा रमणानन्दको प्रवचन

भरतपुर, ९ फागुन । नारायणी नदी किनारमा जारी साङ्ग–बिराट्–श्रीगायत्री कोटिहोम ज्ञानमहायज्ञको २७ औँ दिन मंगलबार महायज्ञका संरक्षक १००८ स्वामी रमणानन्द गिरीको आगमन भएको छ । महेश सन्न्यास आश्रम देवघाटका पीठाधीश उनले महायज्ञको अवलोकनपछि प्रवचन दिएका छन् । बुधबार गलेश्वर आश्रमका पीठाधीश महामण्डलेश्वर १००८ स्वामी आत्मानन्द गिरी महायज्ञमा आउने कार्यक्रम रहेको छ । उनी पनि महायज्ञका […]
ब्राइटस्टारका बाबुनानीलाई शैक्षिकसामग्री

भरतपुर, ९ फागुन । नारायणगढ लेडी जेसीजले ब्राईटस्टार सोसाइटी नेपालमा आश्रित नानीबाबुहरूलाई शैक्षिकसामग्री उपलब्ध गराएको छ । शाखा अध्यक्ष जेसी सुस्मिता श्रेष्ठको नेतृत्वमा उक्त सामग्री उपलब्ध गराइएको हो । नारायणगढ लेडी जेसीजकी पूर्वअध्यक्ष एवं राष्ट्रिय पूर्वकानुनी सल्लाहकार सिनेटर मनषा थैव प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा नारायणगढ लेडी जेसिजकी पूर्वअध्यक्ष एवं सल्लाहकार निरु कार्की र निवर्तमान […]
आईसीसी लिग–२ : नेपाल सबै खेलमा विजयी

काठमाडौं, फागुन ९ गते । कप्तान रोहित पौडेलले सम्हालिएर ब्याटिङ गरेपछि आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजमा नेपालले चारै खेलमा जित निकालेको छ । त्रिवि मैदान कीर्तिपुरमा मंगलबार भएको चौथो तथा अन्तिम खेलमा नेपालले स्कटल्यान्डलाई दुई विकेटले हरायो । सिरिजमा शतप्रतिशत नतिजा निकाल्ने नेपाल पहिलो टोली बनेको छ । नेपालले पहिलो खेलमा नामिबियालाई दुई […]
कवि घिमिरेले सुनाए एक दर्जन कविता

भरतपुर, ९ फागुन । कवि हेमनाथ घिमिरेको एकल कवितावाचन कार्यक्रम गरिएको छ । अक्षर समूह चितवनको आयोजना र सप्तगण्डकी बिम्बयात्राको सहआयोजनामा सप्तगण्डकी क्याम्पस भरतपुरमा कार्यक्रम गरिएको हो । कवितावाचन कार्यक्रमको सुरुवातमा कवि घिमिरेले मंगलाचरण र आफ्नो परिचयलाई कविता कै स्वरुपमा प्रस्तुत गरे । त्यसपछि कविले छन्द र गद्यका कविताहरू सुनाए । पहिलो चरणमा उनले ६ […]
रोहित र करनको उत्कृष्ट साझेदारीमा नेपालको रोमाञ्चक जित

काठमाडौं, ९ फागुन । आईसीसी विश्वकप क्रिकेट लिग–२ को अन्तिम खेलमा नेपालले रोमाञ्चक जित निकालेको छ । कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्टिय त्रिकेट मैदानमा भएको नेपालले स्कटल्याण्डलाई २ विकेटले पराजित गरेको हो । नेपालका लागि कप्तान रोहित पौडेल र करन केसीले उत्कृष्ट साझेदारी गरे। स्कटल्याण्डले दिएकाे २१३ रनकाे लक्ष्य नेपालले ४४.१ ओभरमा ८ विकेट गुमाउँदै पुरा गर्यो । कमजोर […]
भरतपुर सबै जातजातिको साझा थलो हो : उपप्रमुख अधिकारी

भरतपुर, ९ फागुन । भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले भरतपुर महानगरपालिका सबै जात जातिको साझा थलो भएको बताएका छन् । `भरतपुरमा सबै जातजाति, धर्म संस्कृति र रितिरिवाज भएका समुदायका मानिसहरुको बसोबास छ, त्यसैले भरतपुर सबैको साझा फूलबारी हो ।´ नेवा देय दबु चितवन गुठी, समाज, खल: पुच:हरुको अन्तरक्रिया कार्यक्रमलाई मंगलबार भरतपुरमा सम्बोधन गर्दै उपप्रमुख अधिकारीले […]
सौराहामा होटल आइकावा सञ्चालनमा आउँदै

भरतपुर, ८ फागुन । पर्यटन नगरी चितवनको सौराहामा सुविधाजनक होटल आइकावा सञ्चालनमा आउने भएको छ । चितवन राष्ट्रिय निकुञ्ज नजिकै सौराहा बजारमा उक्त होटल सञ्चालनमा आउन लागेको हो । रत्ननगर नगरपालिका वडा नम्बर- ६ स्थित सौराहाको निकुन्ज चोकमा फागुन १२ गते शुक्रबारदेखि उक्त होटल सञ्चालनमा आउन लागेको हो । करिव १२ कठ्ठा क्षेत्रफलमा फैलिएको उक्त […]
शेर्पा समुदायले धुमधामसँग ल्होसार मनाउँदै
भरतपुर, ९ फागुन । शेर्पा समुदायले १५ दिनसम्म मनाउने ग्याल्पो ल्होसार आजबाट सुरु भएको छ । आज बराह वर्ष पूरा भई मुसा वर्ष सुरु हुँदैछ । शेर्पालगायत उत्तरी हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायले यस दिनलाइ (नयाँ वर्ष) को सुरुवातको रुपमा लिने गर्दछ । आज उक्त समुदायले विभिन्न कार्यक्रमको आयोजना गरी ल्होसार मनाउँदै छन् । ग्याल्पो […]
बिदाको दिनमा व्यावहारिक ज्ञान

भरतपुर, ९ फागुन । बिदाको दिनमा पनि विद्यालयमा विद्यार्थीको बाक्लो उपस्थिति थियो । स्काउट पोशाकमा सजिएका विद्यार्थीहरु कोही डोरी चढ्न, कोही सीँढी उक्लन, कोही बाँसको पुल तर्न, कोही झोलुङ्गे पुल चढ्न व्यस्त थिए । अनुहारमा विभिन्न सन्देशमुलक र चिनारीका चित्र कोरेका ११ देखि १५ वर्ष उमेरसम्मका स्काउटका विद्यार्थीले व्यावहारिक ज्ञान सिकिरहेका थिए । अभ्यासका क्रममा […]
प्रशंसाको प्रशंसनीय काम

भरतपुर, ८ फागुन । प्रसंशा पराजुली स्मल हेभन मोडल स्कुल भरतपुर-२ आँपटारीमा कक्षा-९ मा पढ्छिन् । सोमबार उनी साथीहरूसँगै कक्षामा पढिरहेकी थिइन् । प्रशंसाका बुवा वसन्त पराजुली र विद्यालयका प्रधानाध्यापक विमल क्षेत्री बालपत्रिका मुना बोकेर कक्षामा छिरे । मुनाको फागुन अंकमा प्रशंसाको कविता छापिएको छ । `पहिचानको खोजी´ शीर्षकको उक्त कवितालाई प्रशंसाले साथीहरूको अगाडि पढेर […]
२०७९ फागुन ९ गते मंगलबारको कायाकैरन दैनिक (ePaper)