भरतपुर सबै जातजातिको साझा थलो हो : उपप्रमुख अधिकारी

भरतपुर, ९ फागुन ।
भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले भरतपुर महानगरपालिका सबै जात जातिको साझा थलो भएको बताएका छन् । `भरतपुरमा सबै जातजाति, धर्म संस्कृति र रितिरिवाज भएका समुदायका मानिसहरुको बसोबास छ, त्यसैले भरतपुर सबैको साझा फूलबारी हो ।´ नेवा देय दबु चितवन गुठी, समाज, खल: पुच:हरुको अन्तरक्रिया कार्यक्रमलाई मंगलबार भरतपुरमा सम्बोधन गर्दै उपप्रमुख अधिकारीले सयपत्री फूलको मालामा जस्तै भरतपुरमा धेरै समुदायका मानिसहरुको बसोबास रहँदै आएको प्रष्ट पारे ।

भरतपुर महानगरपालिकाले सबै समुदायका मानिसहरूलाई एक सिक्काको दुई पाटाका रुपमा स्थापित गराउन सफल भएको बताउँदै चितवन जिल्ला साँच्चिकै ७८ औँ जिल्लाको रुपमा परिचित भएको समेत टिप्पणी गरे ।`भरतपुर महानगर त्यस्तो एक मात्र महानगरपालिका हो जसमा ७७ जिल्लाका सबै समुदायका मानिसहरुको बसोबास रहेको छ´, उपप्रमुख अधिकारीले भने- `त्यसैले हाम्रो महानगर देशकै ६ वटा महानगरमध्येमा भाग्यमानी र विकसित छ ।´

यो देशको मुल ढुकुटी अझै पनि नेवार समुदायको हातमा रहेको उल्लेख गर्दै उनले आफ्नो अधिकार प्राप्तिका लागि सधैँ तल्लीन भएर लाग्न नेवार समुदायलाई आग्रह पनि गरे ।

अन्तरक्रिया कार्यक्रममा बोल्ने अधिकांश वक्ताले नेवारी भाषा, कला र संस्कृतिको संरक्षण गर्नु पर्नेमा जोड दिएका छन् ।

कार्यक्रममा भरतपुर-१२ का अध्यक्ष लेखराज पन्त हरि, नेवा देय दबुका केन्द्रीय वरिष्ठ उपाध्यक्ष चन्द्रलाल श्रेष्ठ, सदस्य हरिकुमार श्रेष्ठलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट