राधिका दासीलाई सुन्न भक्तजनको घुइँचो

भरतपुर, ८ फागुन ।
नारायणी नदी किनारमा जारी साङ्ग–बिराट्–श्रीगायत्री कोटिहोम ज्ञानमहायज्ञमा सोमबारे औँसीका दिन भक्तजनको घुइँचो लागेको छ । महायज्ञ अन्तिम चरणमा प्रवेश गर्दै गर्दा भक्तजनको संख्या उल्लेख्य रुपमा बढ्दै गएको छ ।

सोमबार महाशिवरात्रीको दिन जत्तिकै भक्तजन सहभागी भएको महायज्ञका प्रमुख वाचक परशुराम पाण्डेयले जानकारी दिए । महाशिवरात्रीका दिन १९ लाख रुपैयाँ दान संकलन भएको थियो । सोमबार १५ लाख रुपैयाँभन्दा बढी संकलन भएको अनुमान गरिएको छ । महायज्ञमा सोमबार प्रमुख अतिथिका रुपमा प्रसिद्ध भागवत वाचिका राधिका दासी सहभागी भएकी थिइन् । उनको आशीर्वचन सुन्न भक्तजनको भीड लागेको हो ।
महायज्ञमा शिव पुराण वाचन भइरहेको छ । बुधबारदेखि देवी भागवत पुराण सुरु हुने प्रमुख वाचक पाण्डेयले बताए । फागुन १२ गते ११ बजे महायज्ञमा सवा करोड दीप प्रज्ज्वलन हुँदै छ । महायज्ञ भने फागुन १५ गते सकिने छ ।

श्री सनातन संस्कृति संरक्षण अभियान र श्री गण्डकी–नारायणी संरक्षण महाआरती परिषद्को संयुक्त आयोजनामा महायज्ञ सुरु गरिएको हो । श्री सनातन संस्कृति संरक्षण अभियानले गौ संरक्षण र गौवनको आवश्यकतालाई जोड दिँदै आएको छ । सनातन धर्म संस्कृतिको रक्षाका लागि सरकारले यसतर्फ ध्यान दिनुपर्ने अभियानको आग्रह छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट