राधिका दासीलाई सुन्न भक्तजनको घुइँचो

भरतपुर, ८ फागुन । नारायणी नदी किनारमा जारी साङ्ग–बिराट्–श्रीगायत्री कोटिहोम ज्ञानमहायज्ञमा सोमबारे औँसीका दिन भक्तजनको घुइँचो लागेको छ । महायज्ञ अन्तिम चरणमा प्रवेश गर्दै गर्दा भक्तजनको संख्या उल्लेख्य रुपमा बढ्दै गएको छ । सोमबार महाशिवरात्रीको दिन जत्तिकै भक्तजन सहभागी भएको महायज्ञका प्रमुख वाचक परशुराम पाण्डेयले जानकारी दिए । महाशिवरात्रीका दिन १९ लाख रुपैयाँ दान संकलन […]

कार्यालय प्रमुखहरूलाई व्यवसायीको स्वागत

भरतपुर,८ फागुन । उद्योग वाणिज्य संघ–चितवनले सोमबार संघको सचिवालयमा एक कार्यक्रमको आयोजना गरी जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख र सशस्त्र प्रहरी बल नेपाल, हेडक्वार्टर चितवन नं. १७ गणका प्रमुखलाई संयुक्त रूपमा स्वागत गरेको छ । जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी […]

उपप्रमुखकप छात्रा फुटबलको उपाधि जनकलाई

गैंडाकोट, ८ फागुन । गैंडाकोट पाँचौं उपप्रमुखकप छात्रा अन्तर विद्यालय फुटबल प्रतियोगिता २०७९ काे उपाधि जनक नमुना मावि गैंडाकोटले हात पारेकाे छ । विजयी टोलीले नगद ३५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र हात पारेकाे हाे । गैंडाकोट खेलकुद समितिकाे आयाेजना, गैंडाकोट महिला फुटवल क्लव सहयाेगी क्लवकाे रुपमा गैंडाकोट नगरपालिकाकाे प्रवन्धकीय सहयाेगमा प्रतियोगिता सम्पन्न भएकाे […]

ग्रिन पार्कको पानीको मुनाफा गुरूकुललाई

भरतपुर, ८ फागुन । भरतपुर महानगरपालिका वडा नम्बर-४ लंकुमा रहेको द ग्रिन पार्क रेस्टुरेन्टले पानी बेचेर आएको मुनाफालाई सामाजिक काममा प्रयोग गरेको छ । गत वर्ष २०७८ घ गतेदेखि २०७९ माघ १७ गतेसम्म १ वर्षको अवधिमा रेस्टुरेन्टबाट कुल ४४४५ बोतल पानी बिक्री भएको सञ्चालक जोन कँडेलले बताए । प्रति बोतल ३ रुपैयाँका दरले कुल बिक्रीको […]

एयर जजिराले गौतमबुद्ध विमानस्थलबाट पुनः उडान भर्ने

भरतपुर, ८ फागुन । मौसमलाई कारण देखाउँदै झण्डै २ महिनादेखि उडान रोकेको जजिरा एयरलाइन्सले पुनः गौतमबुद्ध विमानस्थलबाट व्यवसायिक उडान सुरु गर्ने भएको छ । आगामी फागुन २५ गतेदेखि भैरहवा–कुबेत नियमित उडान भर्नेगरी एयरलाइन्सले आइतबार गौतमबुद्ध विमानस्थललाई पत्र पठाएको हो । सातामा तीन दिन कुबेत–नेपाल पुनः उडान भर्नेगरी एयरलाइन्सबाट पत्र पठाइएको गौतमबुद्ध विमानस्थलका महानिर्देशक गोविन्द दाहालले […]