एयर जजिराले गौतमबुद्ध विमानस्थलबाट पुनः उडान भर्ने

भरतपुर, ८ फागुन ।

मौसमलाई कारण देखाउँदै झण्डै २ महिनादेखि उडान रोकेको जजिरा एयरलाइन्सले पुनः गौतमबुद्ध विमानस्थलबाट व्यवसायिक उडान सुरु गर्ने भएको छ ।

आगामी फागुन २५ गतेदेखि भैरहवा–कुबेत नियमित उडान भर्नेगरी एयरलाइन्सले आइतबार गौतमबुद्ध विमानस्थललाई पत्र पठाएको हो ।

सातामा तीन दिन कुबेत–नेपाल पुनः उडान भर्नेगरी एयरलाइन्सबाट पत्र पठाइएको गौतमबुद्ध विमानस्थलका महानिर्देशक गोविन्द दाहालले जानकारी दिए ।

गत जेठ २ गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल औपचारिक रुपमा सञ्चालनमा आएसँगै जजिरा एयरलाइन्सले भैरहवा–कुबेत नियमित उडान भर्दै आएको थियो । शुरुका दिनमा सातामा सातै दिन उडान भरिरहेको एयरलाइन्सले क्रमशः उडान संख्या घटाउँदै सातामा तीन दिन उडान भरिरहेको थियो ।

तर, गत पुस ६ गते अकस्मात मौसमलाई कारण देखाउँदै एयर जजिराले उडान रोकेको थियो । त्यसो त यसअघि नै पुस १ गते हिमालय एयरलाइन्सले समेत गौतमबुद्ध विमानस्थलबाट हुने आफ्नो सम्पूर्ण उडान रोकेको थियो ।

तर पछिल्लो समय गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गराउने उद्देश्यसहित सरकारी पहल जारी रहेपछि जजिरा एयलाइन्स उडान सुरु गर्न तयार भएको महानिर्देशक दाहालको भनाइ छ । यद्यपि, अन्य उडानहरुले भने कहिलेदेखि उडान सुरु गर्छन् यकिन नभएको उनले बताए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट