भरतपुर, ८ फागुन ।
भरतपुर महानगरपालिका वडा नम्बर-४ लंकुमा रहेको द ग्रिन पार्क रेस्टुरेन्टले पानी बेचेर आएको मुनाफालाई सामाजिक काममा प्रयोग गरेको छ । गत वर्ष २०७८ घ गतेदेखि २०७९ माघ १७ गतेसम्म १ वर्षको अवधिमा रेस्टुरेन्टबाट कुल ४४४५ बोतल पानी बिक्री भएको सञ्चालक जोन कँडेलले बताए । प्रति बोतल ३ रुपैयाँका दरले कुल बिक्रीको १३ हजार ३३५ रुपैयाँ भरतपुर- लंकु धर्मचोकस्थित श्री बैकुण्ठनाथ परमबैदिक विद्याप्रतिस्ठानम् गुरुकुलमा अक्षयकोष वृद्धिका लागि उपलब्ध गराइएको सञ्चालक कँडेलले बताए । उक्त गुरुकुलम्मा ५५ जना विद्यार्थी अध्ययनरत छन् । माघ १८ गते कँडेलको जन्मदिन पनि हो । कँडेलले हरेक जन्मदिनमा यस्तै खाले परोपकारी काम गर्ने गरेका छन् । माघ १८ गते नै उनले नगरवनरोडमा रहेको सानो घर अनाथालयमा खाद्य सामग्री सहयोग गरेका थिए ।
२०६७ सालबाट सञ्चालनमा आएको यस रेस्टुरेन्टले व्यापारसँगै सामाजिक एवम् सामाजिक सेवामा पनि काम गर्दै आइरहेको छ । रेस्टुरेन्टबाट बिक्री हुने पानी, चुरोट, मदिरा सँगसँगै विभिन्न शीर्षकबाट प्राप्त मुनाफालाई सञ्चालक कँडेलले नियमितरूपमा सामाजिक सेवाका काममा सहयोग गर्दै आएका छन् ।





