बागमतीका अस्पताललाई ७ वटा एम्बुलेन्स हस्तान्तरण

हेटौंडा, २६ माघ ।
बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गत विभिन्न स्थानका सातवटा अस्पताललाई बिहीबार हेटौँडामा एम्बुलेन्स हस्तान्तरण गरेको छ ।

बागमती प्रदेशको स्वास्थ्य आपूर्ति केन्द्रद्वारा सातवटा  प्रादेशिक अस्पताललाई एम्बुलेन्स हस्तान्तरण गरिएको हो । आपूर्ति केन्द्रका अनुसार प्रदेशको बकुलहर अस्पताल रत्ननगर, रामेछाप अस्पताल, मेथिनकोट अस्पताल काभ्रे, वज्रबाराही अस्पताल चापागाउँ ललितपुर, भक्तपुर अस्पताल, टोखा चण्डेश्वरी अस्पताल काठमाडौँ तथा पशुपति चौलागाईं स्मृति अस्पताल दोलखालाई एकएक वटा एम्बुलेन्स हस्तान्तरण गरिएकोे हो ।

केन्द्रका अनुसार ती एम्बुलेन्स (ख) वर्गको रहेको तथा  प्रतिएम्बुलेन्स रु ५२ लाख ९० हजारमा खरिद गरिएको बताइएको छ । सात वटा एम्बुलेन्सको कूल खरिद मूल्य रु  तीन करोड ७० लाख ३० हजार रहेको छ ।

आपूर्ति केन्द्रद्वारा आयोजित एक कार्यक्रमबीच बागमती प्रदेशका स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठले अस्पतालका सम्बन्धित निकायलाई एम्बुलेन्स हस्तान्तरण गरेका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट