गैँडाकोटमा मेयरकप क्रिकेट प्रतियोगिता सुरु, नवलपुरको विजयी सुरुवात

गैँडाकोट, २६ माघ गैँडाकोटमा दोस्रो गै“डाकोट मेयर कप राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिता–२०७९ सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा नवलपुर ६ विकेटले विजयी भएको छ । टस जितेर पहिले ब्याटिङ गरेको पर्वतले १२७ रनको लक्ष्य दिएको थियो । पर्वतले १९.३ ओभरमा सबै विकेटको क्षतिमा १२६ रन बनाएको थियो । जवाफि ब्याटिङ गरेको नवलपुरले १६.२ ओभरमा […]
`मेरो डिस्काउन्टस्´ को भरतपुरमा शुभारम्भ

भरतपुर, २६ माघ । सी ग्रुप सफ्टवेयर प्रालिले ‘मेरो डिस्काउन्टस्’ एप्स सञ्चालनमा ल्याएको छ । एप्सको बिहीबार भरतपुरमा शुभारम्भ गर्दै होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष दिनेशकुमार चुकेले सूचना र प्रविधिको युगमा विभिन्न एप्सहरु बजारमा आएको भन्दै मेरो डिस्काउन्टस् एपले उपभोक्तालाई सबै सेवा एकैठाउँमा प्रदान गर्नेमा आफू विश्वस्त रहेको बताए । सबैको हातमा मोबाइल हुने भएकाले […]
बागमतीका अस्पताललाई ७ वटा एम्बुलेन्स हस्तान्तरण

हेटौंडा, २६ माघ । बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गत विभिन्न स्थानका सातवटा अस्पताललाई बिहीबार हेटौँडामा एम्बुलेन्स हस्तान्तरण गरेको छ । बागमती प्रदेशको स्वास्थ्य आपूर्ति केन्द्रद्वारा सातवटा प्रादेशिक अस्पताललाई एम्बुलेन्स हस्तान्तरण गरिएको हो । आपूर्ति केन्द्रका अनुसार प्रदेशको बकुलहर अस्पताल रत्ननगर, रामेछाप अस्पताल, मेथिनकोट अस्पताल काभ्रे, वज्रबाराही अस्पताल चापागाउँ ललितपुर, भक्तपुर अस्पताल, टोखा चण्डेश्वरी अस्पताल काठमाडौँ तथा […]
पूर्वन्यायाधीश उपाध्याय नक्कली प्रमाणपत्र मुद्दामा दोषी ठहर
काठमाडौं, २६ माघ । पूर्वन्यायाधीश ओमकार उपाध्याय नक्कली प्रमाणपत्र मुद्दामा दोषी ठहर भएका छन् । तनहुँ जिल्ला अदालतलमा न्यायाधीश रहँदा उपाध्यायविरूद्ध न्याय परिषदमा शैक्षिक प्रमाणपत्रको विषयमा उजुरी परेकोमा विशेष अदालतले उनलाई दोषी करार गर्दै तीन हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको छ । विशेष अदालतका सदस्यहरू यमुना भट्टराई, बलभद्र बाँस्तोला र डा. खुसीप्रसाद थारूको इजलासले आज […]
सुदूरपश्चिमको मुख्यमन्त्रीमा शाह नियुक्त

धनगढी, २६ माघ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाह नियुक्त भएका छन् । निवर्तमान मुख्यमन्त्री राजेन्द्रसिंह रावलले बहुमत गुमाइ पदमुक्त भएपछि संविधानको धारा १६८ को उपधारा (३) बमोजिम नेपाली कांग्रेसका संसदीय दलको नेता शाह मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । उनलाई बिहीबार साँझ प्रदेश प्रमुख देवराज जोशीले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । मुख्यमन्त्री बनेका […]
मुस्लिम समुदायको नाथशरीफ प्रतियोगिता हुँदै
भरतपुर, २६ माघ । मुस्लिम समुदायको लागि ‘दोस्रो खुल्ला नाथशरीफ प्रतियोगिता २०७९’ हुने भएको छ । मुस्लिम नेवा: वेबारिसे शव जनाजा व्यवस्थापन केन्द्र चितवनको आयोजनामा यहि फागुन १ गतेबाट प्रतियोगिता सुरु हुने भएको छ । केन्द्रले बुधबार प्रेस विज्ञप्ती जारी गर्दै सो कार्यक्रमको बारेमा जानकारी दिएको हो । चितवन जिल्ला भित्र र आसपासका जिल्लामा स्थायी […]
भरतपुर १३ र २३ लाई बालमैत्री वडा घोषणा गरिँदै
भरतपुर, २६ माघ । भरतपुर महानगरपालिकाले वडा नम्बर १३ र २३ लाई बालमैत्री वडाका रुपमा घोषणा गर्ने तयारी गरेको छ । वडा नम्बर १३ को प्रक्रिया अन्तिम चरणमा पुगेको र २३ नम्बर आवश्यक प्रक्रियामा गएको महानगरपालिकाले जनाएको छ । हिमालयन लाइफको आर्थिक सहयोगमा वडा नम्बर १३ र आशा अनाथालय नेपालको आर्थिक सहयोगमा वडा नम्बर २३ […]
वातावरणका मुद्दामा सहयोग गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री दाहाल

काठमाडौं, २६ माघ । वातावरण संरक्षण र दिगो विकासका सन्दर्भमा लामो समयदेखि वकालत गर्दै आएको नेपाल वातावरण पत्रकार समूह (नेवापस)ले समसामयिक वातावरणीय विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेवापसको प्रतिनिधिमण्डलले बिहीबार भेट गरी प्रधानमन्त्रीसमक्ष एक ज्ञापनपत्र समेत बुझाएको छ । त्यस अवसरमा प्रधानमन्त्री दाहालले नेवापसले वातावरणका विषयमा लामो […]
उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक ३ बजे
काठमाडौँ, २६ माघ । सत्तारुढ दलहरूको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकको समय तोकिएको छ । बिहीबारका लागि बैठक बोलाइए पनि समय नतोकिँदा अन्योल भइरहेको थियो । तर बिहीबार अपरान्ह ३ बजे संयन्त्रको बैठक बस्नेगरी समय तोकिएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका सञ्चारविज्ञ मनहरि तिमिल्सिनाले जानकारी दिए । बुधबार प्रधानमन्त्री प्रचण्ड र प्रमुख सत्तासाझेदार दल एमाले अध्यक्ष केपी शर्मा […]
२०७९ माघ २६ गते बिहीबारको कायाकैरन दैनिक (ePaper)