प्रधानमन्त्रीमा प्रचण्ड नियुक्त, सोमबार शपथ

काठमाडौँ, १० पुस ।
नेपालको ४४ औँ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नियुक्त भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ (२) अनुसार उनलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको निर्वाचनमा कुनै पनि दलले बहुमत हासिल नगरेको अवस्थामा संविधानको धारा ७६ (२) अनुसार मिलिजुली सरकार बनाउन आइतबार बेलुकी ५ बजेसम्मको समय दिएकी थिइन् ।

प्रचण्डले निर्धारित समयभित्र राष्ट्रपतिसमक्ष आफूलाई प्रतिनिधिसभाका १६९ जना सांसदको समर्थन रहेको दाबी पेश गरेका हुन् ।

उनलाई माओवादी र एमालेसहित रास्वपा, राप्रपा, जसपा, जनमत पार्टी र राष्ट्रिय उन्मुक्त पार्टी तथा स्वतन्त्र सांसद गरी १६९ जना सांसदले समर्थन गरेका छन् ।

प्रचण्डले प्रधानमन्त्रीका रूपमा सोमबार दिउँसो ४ बजे शपथ ग्रहण गर्ने राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट