प्रधानमन्त्रीमा प्रचण्ड नियुक्त, सोमबार शपथ

काठमाडौँ, १० पुस । नेपालको ४४ औँ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ (२) अनुसार उनलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको निर्वाचनमा कुनै पनि दलले बहुमत हासिल नगरेको अवस्थामा संविधानको धारा ७६ (२) अनुसार मिलिजुली सरकार बनाउन आइतबार बेलुकी ५ बजेसम्मको समय […]
प्रचण्ड प्रधानमन्त्री, राष्ट्रपति र सभामुख एमालेलाई

काठमाडौं, १० पुस । सत्ता गठबन्धन भत्किएपछि अब बन्ने नयाँ सरकारको प्रधानमन्त्री माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई बनाउने बालकोटको बैठकले सहमति गरेको छ । आलोपालो प्रधानमन्त्री हुने सहमतिपछि राष्ट्रपति एमालेले पाउने भएको छ । त्यस्तै सभामुख पनि एमालेको हुने सहमति गरिएको छ । स्रोतका अनुसार आगामी साढे दुई वर्ष प्रचण्डको नेतृत्वमा सरकार बन्नेछ । नयाँ गठबन्धनमा […]
कांग्रेस-एमालेको सरकार बनाउने देउवाको चाहना

काठमाडौँ, १० पुस । बालुवाटारमा आइतबार बसेको सत्ता गठबन्धनको बैठक भाँडिएलगत्तै प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेसँग सहकार्यको प्रस्ताव गरेका छन् । देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई टेलिफोन गरी मिलेर जान आग्रह गरेका हुन् । बालुवाटारमा सत्ता गठबन्धनको बैठक भाँडिएपछि देउवाले टेलिफोन गरेको ओलीको सचिवालयले जनाएको छ। “धेरै दल मिलेर जाँदा […]
प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति

काठमाडौं, १० पुस । नयाँ सरकारको प्रधानमन्त्री नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बनाउने सहमति भएको छ । आइतबार दिउँसो एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको बैठकमा प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भएको एक शिर्षनेताले जानकारी दिए । साढे २ वर्षपछि एमालेले प्रधानमन्त्री लिने पनि सहमति भएको छ । बालकोटमा एमाले अध्यक्ष ओली, […]
प्रचण्डलाई प्रधानमन्त्री बनाउन देउवा तयार हुनुभएन : खनाल

काठमाडौं, १० पुस । नेकपा एसका सम्मानित नेता झलनाथ खनालले सत्ता गठबन्धन भत्किनुको कारण खुलाएका छन् । गठबन्धनको बैठकबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निस्किएपछि बाहिरिएका खनालले प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा बचनबाट पछि हटेकाले गठबन्धन भत्किएको बताए । ‘प्रचण्डको आग्रहअनुसार शेरबहादुरले पहिलो प्रधानमन्त्री बन्न सहमति दिनुभएको थियो । पछि शेरबहादुरले दिएको आफ्नै […]
गठबन्धन टुटेको घोषणा गर्दै प्रचण्ड बाहिरिनु भो : रामचन्द्र पौडेल

काठमाडौँ, १० पुस । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्ता गठबन्धन फुटको अवस्थामा पुगेको बताएका छन् । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नै पहिले प्रधानमन्त्री हुने अडान कायम राखेपछि सहमति हुन नसकेको पौडेलले बताए । पौडेलले भने, “बालुवाटारमा भएको सत्ता गठबन्धन बैठकमा देउवा र दाहाल […]
फुटको संघारमा सत्ता गठबन्धन, विकल्प खोज्दै प्रचण्ड

काठमाडौं, १०पुस । नेपाली कांग्रेससँग भागबण्डामा कुरो नमिलेपछि सत्ता गठबन्धन फुटको संघारमा पुगेको छ । सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय सकिनै लाग्दा समेत गठबन्धनमा भागबण्डामा सहमति भएको छैन । गठबन्धनको प्रमुख घटक कांग्रेसको अडानको कारण गठबन्धन फुटको संघारमा पुगेको हो । प्रधानमन्त्री पदमा कुरा नमिलेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमालेका अध्यक्ष केपी […]
`शून्यको मूल्य´ कति ?

मङ्सिरको आखिरी दिन एक प्रेमिल साँझ सम्पुर्ण किताब नारायणगढको दैलोमा कान्तिपुरका पत्रकार रमेशकुमार पौडेलसँग गफिने निधो भयोे । हामी त्यहाँ पुग्यौँ, चियासँगै सिङ्गो वातावरण नै गुलियो भयो । छुट्ने बेला दुई पुस्तक किनें मैले, त्यस मध्ये सम्पूर्णका सञ्चालक लेखरामजीको सिफारिसमा मेरो हात पर्यो ‘शून्यको मूल्य ‘ । मझौला आकार, हल्का वजन, आमाको गर्भमा फूल झैं […]
आज ‘क्रिसमस डे’

काठमाडौं, ९ पुस । इसाई धर्मका संस्थापक यिसुख्रिस्ट जन्मेको दिनको सम्झनामा आज यस समुदायका मानिसले ‘क्रिसमस डे’ मनाउँदैछन् । डिसेम्बर २५ तारिखका दिन यिसुख्रिस्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मिएका यिसुख्रिस्टले तीन मुख्य खुशीयाली दिएको नेपाल ख्रिष्टियन महासङ्घका अध्यक्ष सिबी गहतराजले जानकारी दिए । उनले मुक्ति, प्रेम र […]
कवि भूपि शेरचन, ‘मेरो चोक’ कविता र त्यसको सान्दर्भिकता

सर्वाधिक चोखा र ग्रामीण बिम्बको प्रयोग गरी कविता लेख्ने भूपि शेरचन नेपाली कविताका क्षेत्रमा सदा कालका लागि सम्झिइरहने नाम हो । उनी आफ्ना कवितामा सरल भाषाको प्रयोग गर्छन् तर उनको कविता कथ्ने शैली पृथक् छ । उनी आम कविभन्दा फरक तरिकाले सोच्ने र त्यस्तै लेख्ने भएका कारण नेपाली कवितामा बाँचिरहेका छन् । साहित्यकार भूपि शेरचनको […]
२०७९ पुस १० गते आइतवारको कायाकैरन दैनिक(E-paper)