प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति

काठमाडौं, १० पुस ।
नयाँ सरकारको प्रधानमन्त्री नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बनाउने सहमति भएको छ ।

आइतबार दिउँसो एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको बैठकमा प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भएको एक शिर्षनेताले जानकारी दिए । साढे २ वर्षपछि एमालेले प्रधानमन्त्री लिने पनि सहमति भएको छ ।

बालकोटमा एमाले अध्यक्ष ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र जनता समाजवादी पार्टीका नेता अशोक राईलगायतका नेताहरुबीच भर्खरै छलफल सम्पन्न भएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट