कांग्रेस-एमालेको सरकार बनाउने देउवाको चाहना

काठमाडौँ, १० पुस ।
बालुवाटारमा आइतबार बसेको सत्ता गठबन्धनको बैठक भाँडिएलगत्तै प्रधानमन्त्री एवं नेपाली कांग्रे‍सका सभापति शेरबहादुर देउवाले नेकपा एमालेसँग सहकार्यको प्रस्ताव गरेका छन् ।

देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई टेलिफोन गरी मिलेर जान आग्रह गरेका हुन् ।

बालुवाटारमा सत्ता गठबन्धनको बैठक भाँडिएपछि देउवाले टेलिफोन गरेको ओलीको सचिवालयले जनाएको छ।

“धेरै दल मिलेर जाँदा पद बाँडफाँट पनि धेरैलाई गर्नुपर्छ, हामी मिलेर जाउँ”, देउवाको भनाई उद्धृत गर्दै ओलीको सचिवालयले भन्यो।

देउवासँग टेलिफोनमा कुराकानीलगत्तै ओली आफ्नै निवासमा माओवादीसहितका दलहरूको बैठकमा छन् । बैठकमा रास्वपा, जसपा, जनमत पार्टीका शीर्ष नेताको उपस्थिति छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट