गैंडाकोट, २४ मंसिर ।
गैंडाकोट नगरपालिकामा रहेको अभियान कृषि सहकारी संस्था लिमिटेडको नवौं वार्षिक साधारणसभाको कार्यक्रम गरेको छ ।
गैंडाकोट नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष प्रेमप्रसाद सापकोटाको प्रमुख आथित्यमा भएको कार्यक्रममा संस्थाकी सल्लाहकार तथा केन्द्रीय सदस्य विष्णु पन्थीको विशेष उपस्थिति रहेको थियोे । कार्यक्रममा नेत्रनारायण सिग्देल, भोजराज भट्टराई, ढकबहादुर कार्की, रामु गौतम, यदु सिग्देललगायतले उक्त संस्थाको कृषि अभियानका बिषयमा बोलेका थिए ।
देशको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको सहकारीको विकासमा संस्थाले खेलेको भूमिकाको चर्चा गर्दै प्रमुख अतिथि सापकोटाले सहकारी क्षेत्रमा नयाँ कृषि अभियान कृषि सहकारी संस्थाले गरेको योगदान र कृषिप्रधान देश भएर पनि छिमेकी मुलुकको भर पर्ने बाध्यतालाई अन्त्य गर्न संस्थाले अहम भूमिका खेल्नुपर्ने बताए ।
संस्थाले नेपालको समग्र सहकारी बजारमा कुल कारोबार चुक्ता पूँजी, निक्षेप संकलन, कर्जा लगानी, मुनाफा आर्जन, नेपाल सरकारलाई राजश्वमा गरेको योगदान, स्थानीयको उत्पादन तथा व्यावसायिक वृद्धिलगायत अन्य विविध क्षेत्रमा गरेको उल्लेखनीय कार्यहरूमा अग्रणी स्थान लिन सफल रहेको र छिटै कृषिमा नयाँ कार्यक्रम ल्याउन लागेको सचिव बेदप्रसाद काफ्लेले पेस गरेको प्रतिवेदनमा उल्लेख छ । सभामा कोषाध्यक्षको प्रतिवेदन सह-सचिव कमल नारायण नेउपाने र लेखापरीक्षण प्रतिवेदन लेखा संयोजक शिव पौडेलले राखेका थिए । नयाँ कृषि अभियान कृषि सहकारी संस्था लिमिटेडको कुल पुँजि दुई करोड पचास लाख रुपैयाँ र एक करोड पचास लाख ऋण लगानी रहेको उक्त संस्थामा कुल सदस्य ६७८ जना रहेका छन् ।
कार्यलय परिसरमा भएको कार्यक्रम झलकाजी पौडेलको अध्यक्षतामा भएको सभामा उपस्थितलाई उपाध्यक्ष गुणाखर रेग्मीले स्वागत गरेका थिए । सभालाई संस्थाका सचिव बेदप्रासाद काफ्लेले सहजीकरण गरेका थिए ।





