प्रहरीद्वारा विद्यार्थीलाई सचेतनामूलक प्रशिक्षण

चितवन,२३ मंसिर ।

चितवनको अरोमा कलेजले आफ्ना विद्यार्थीका लागि लैङ्गिक हिंसा, साइबर अपराध तथा किशोरावस्थामा हुनसक्ने अपराधजन्य जोखिमका बारेमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारी र प्रहरी निरीक्षक गोपाल पौडेलले कलेजका कक्षा ११ पढ्ने विद्यार्थीहरुलाई शुक्रबार सचेतनामूलक प्रशिक्षण दिएका हुन् ।

कार्यक्रममा किशोरावस्थामा हुनसक्ने इन्टरनेटसँग सम्बन्धित अपराध, सामाजिक सञ्जालको सुरक्षित उपयोग तथा लैङ्गिक आधारमा हुनसक्ने हिंसाजन्य जोखिम कसरी उत्पन्न हुन्छन् र तिनबाट सुरक्षित रहन गर्नुपर्ने उपायका बारेमा छलफल गरिएको थियो ।

कार्यक्रममा चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीले विद्यार्थीहरुलाई प्रहरीको अपराधजन्य व्यवहारको रेकर्डभित्र नपर्न आग्रह गरे । उनले भविष्य बनाउने समयमा लागूऔषध, साइबर अपराध लगायतका अपराधमा धेरै किशोरावस्थाका व्यक्तिहरु पर्ने गरेकाले यस्ता अपराधमा पर्नबाट जोगिन पनि विद्यार्थीहरुलाई सचेत गराएका थिए ।

अरोमा कलेजका अध्यक्ष कृष्णप्रसाद सापकोटाको अध्यक्षतामा सम्पन्न सचेतनामूलक कार्यक्रममा प्रेसिडेन्सी कलेजका प्राचार्य शम्भु क्षेत्री, अरोमा कलेज दिवा सत्रका कार्यक्रम संयोजक कृष्णप्रसाद भूसाल लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको संयोजन कलेजका बिहानी सत्रका कार्यक्रम संयोजक दीपेन्द्र अर्यालको संयोजकत्वमा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको थियो । कक्षा ११ मा अध्ययनरत दुई सय जना विद्यार्थी कार्यक्रममा सहभागी भएका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट