जिल्ला स्तरीय सितोरियो करातेमा ब्रम्हपुर डोजो प्रथम

चितवन, २३ मंसिर । भरतपुर महानगरपालिका १ ठिमुरामा सम्पन्न चितवन जिल्ला स्तरीय सितोरियो करातेमा ब्रम्हपुर डोजो प्रथम भएको छ । ११ स्वर्ण, ६ रजत र ११ कास्यसहित २७ पदक जित्दै ब्रम्हपुर प्रथम भएको हो । यस्तै तीन स्वर्ण, पाँच रजत र चार कास्य गरी १२ पदक जित्दै ओमशान्ति एकेडेमी दोस्रो भएको छ । भरतपुर १ […]
लाइभ कन्सर्टका लागि चितवन आइपुग्यो नेपथ्य टिम

चितवन, २३ मंसिर । चितवनको नारायणगढस्थित क्याम्पा चौरमा यही मंसिर २५ गते हुने ‘नेपथ्य लाइभ कन्सर्ट’का लागि आज मुख्य गायक अमृत गुरुङसहितको नेपथ्य समुह चितवन आइपुगेको छ । आश्रमका अध्यक्ष रामजी अधिकारी, कन्सर्टका संयोजक ओमकार कँडेललगायत आश्रमका अभिभावकहरुले नेपथ्य व्याण्डका मुख्य गायक अमृत गुरुङसहितको समुहलाई पुष्पगुञ्छा तथा खादा लगाएर स्वागत गरेका हुन्। नेपथ्य टिमलाई स्वागत […]
तस्बिरमा त्रिविको ४८औँ दीक्षान्त समारोह

भरतपुर, २३ मंसिर । त्रिभुवन विश्वविद्यालयको ४८ औं दीक्षान्त समारोह सम्पन्न भएको छ । २०७८ असार १ देखि गत जेठ मसान्तसम्म ट्रान्सक्रिप्ट लिएका ६२ हजार २३७ विद्यार्थी दीक्षित भएका छन् । दीक्षान्त समारोहमा सहभागी हुन भने करिब १० हजार विद्यार्थीको मात्रै फारम भरेका थिए । ललितपुरको पुल्चोक इन्जिनियरिङ क्याम्पसको खेल मैदानमा सम्पन्न समारोहमा त्रिविका कुलपति […]
ज्ञानेश्वर सामुदायिक वन भरतपुरको उत्कृष्ट गन्तव्य बन्छ : मेयर दाहाल

चितवन,२३ मंसिर । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले ज्ञानेश्वर सामुदायिक वन क्षेत्रलाई पर्यटकीय आर्कषणको केन्द्र निर्माण गर्ने बताएकी छिन् । शुक्रबार ज्ञानेश्व सामुदायिक उपभोक्ता समूहको २३ औ साधारण सभालाई सम्बोधन गर्दै उनले जल, जमिन र वनको संगम ज्ञानेश्वलाई महानगरको मुख्य पर्यटकीय गन्तव्य बनाउन सकिने उल्लेख गरिन् । ‘नारायणी तटबन्धको ठूलो रकमको ठेक्का यही क्षेत्रमा पर्छ,उनले […]
प्रहरीद्वारा विद्यार्थीलाई सचेतनामूलक प्रशिक्षण

चितवन,२३ मंसिर । चितवनको अरोमा कलेजले आफ्ना विद्यार्थीका लागि लैङ्गिक हिंसा, साइबर अपराध तथा किशोरावस्थामा हुनसक्ने अपराधजन्य जोखिमका बारेमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारी र प्रहरी निरीक्षक गोपाल पौडेलले कलेजका कक्षा ११ पढ्ने विद्यार्थीहरुलाई शुक्रबार सचेतनामूलक प्रशिक्षण दिएका हुन् । कार्यक्रममा किशोरावस्थामा हुनसक्ने इन्टरनेटसँग सम्बन्धित […]
२०७९ मंसिर २३ गते शुक्रवारको काायाकैरन दैनिक (E-paper)
आजदेखि उपत्यकावासीको घरमा मेलम्चीको पानी

काठमाडौं, २३ मंसिर । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले आजदेखि मेलम्चीको पानी धारा–धारामा पठाउने भएको छ । खानेपानीमन्त्री उमाकान्त चौधरीले शुक्रबार बिहान महाँकालस्थित काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको वितरण केन्द्रको साँचो खोलेर पानी छोड्ने कार्यक्रम छ । मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक कमलराज श्रेष्ठका अनुसार सुन्दरीजल प्रशोधन केन्द्रबाट बिहीबार काठमाडौँ भण्डार केन्द्रका लागि पानी छोडिएको छ […]
जबराविरुद्धको महाभियोग निष्क्रिय पत्रमाथिको रिटमा आज सुनुवाइ

काठमाडौँ, २३ मंसिर । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग निस्क्रिय भएको भन्दै संसद सचिवालयले पठाएको पत्रमाथिको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ । प्रधानन्यायाधीश जबरा, संघीय संसद् सचिवालय र संसद सचिवालयका महासचिव भरतप्रसाद गौतमलाई विपक्षी बनाएर सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारीले दायर गरेको रिटको सुनुवाइ आज संवैधानिक इजलासमा हुने भएको हो । जबराको आचारणमाथि […]
एमालेको सचिवालय बैठक आज, समानुपातिकको टुंगो लगाउने

काठमाडौं, २३ मंसिर । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ निर्वाचित सांसदको नाम टुंगो लगाउन सचिवालय बैठक बस्न लागेको हो । एमाले केन्द्रीय कार्यालय सचिव भीष्म अधिकारीले समानुपातिकतर्फका सांसदको नामबारे छलफल गरेर सुझाव दिन र आमनिर्वाचनको प्रारम्भिक समीक्षाका लागि बैठक डाकिएको बताए । निर्वाचन आयोगले राजनीतिक दलले समानुपातिकतर्फ […]