गैंडाकोटमा मनाइयो य:मरी पुन्ही

गैंडाकोट, २३ मंसिर ।
विशेषगरी काठमाडौँका नेवार समुदायले मनाउने य:मरी पुन्ही पर्व सांस्कृतिक चेतना जागरणसँगै देशभरका अन्य जिल्लामा पनि मनाउन सुरु गरिएको छ ।

यसैक्रममा नेवा मिसा दबु गैंडाकोट नगरसमितिले नवलपुरका नेवार समुदायबीच जिल्लामा पहिलोपटक य:मरी पुन्ही पर्व हरेक वर्ष मनाउनेगरि कार्यक्रम सम्पन्न गरेका छन् । कार्यक्रममा सहभागी हुँदै गैंडाकोट नगरप्रमुख मदनभक्त अधिकारीले शुभकामना व्यक्त गरे ।नगरप्रमुख अधिकारीले गैंडाकोट नगरपालिकाले कला संस्कृतिलाई बचाउन जिल्ला र नगरभित्र रहेका सम्पूर्ण नेवार समुदायलगायत विभिन्न जातजातिको पहिचान समेटिने विशेष कार्यक्रम ल्याउन लागेको बताए । उनले यी खालका कार्यक्रमको निरन्तरताका लागि शुभकामना दिए । `नेपाल भाषामा थिल्ला पुन्ही पनि भनिने यो पर्वमा देवीदेउतालाई चढाएर मात्र परिवार बसेर य:मरी खाने चलन भए पनि हामी हाम्रो संस्कृति र सभ्यतालाई आम मानिससम्म चिनाउन चाहन्छौँ´, कार्यक्रमका अर्का अतिथि अमृत श्रेष्ठले बताए ।

कार्यक्रममा गैंडाकोट नगरपालिका वडा नम्बर २ का अध्यक्ष प्रकाश सापकोटा, ललित श्रेष्ठ, सुजन अधिकारी, ध्रुवराम पौडेल, गोकुल सापकोटा, सन्तोष श्रेष्ठ, गोपाल बस्ताकोटीलगायतले बोलेका थिए । नगर सचिव शर्मिला श्रेष्ठले उपस्थित सम्पूर्णलाई स्वागत गरेकी थिइन् । कार्यक्रम नगरसमिति अध्यक्ष सीता श्रेष्ठको अध्यक्षतामा भएको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट