काठमाडौँ, २२ मंसिर ।
राष्ट्रिय स्वतन्त्र पार्टीमा समानुपातिक सांसदका लागि चलखेल सुरु भएको छ । रास्वपाको समानुपातिक सांसद छनोट प्रक्रियामा चलखेल भएको भन्दै समानुपातिक सूचीमा रहेका केही उम्मेदवारले असन्तुष्टि व्यक्त गरेका छन् ।
खस आर्य कोटाबाट रास्वपाका समानुपातिक सूचीमा नाम रहेकी निशा डाँगीले बिहीबार बिहानै आफ्नो फेसबुकमार्फत खबरदारीका लागि आह्वान गरेकी छिन् ।
फेसबुकामा उनले लेखेकी छिन् ‘रास्वपाको समानुपातिक सांसद छनोट प्रकृयामा पार्टी विधि पद्धति र सिद्धान्त मिचेर प्राइमरी इलेक्सनको र बन्दसूचीको क्र.स.भन्दा बाहिर गएर गरिने निर्णय आम पार्टी सदस्य शुभ चिन्तक मतदाता कसैका लागि पनि हितकारी नहुने देखिएको हुँदा थिति बसाल्न पार्टी बिग्रेला भन्ने डरले चिन्तित भइ खबरदारी गर्ने कार्यक्रम भएको कार्यक्रम भएको छ ।’





