वाल्मीकिको रजत महोत्सवमा रक्तदान

मंसिर २१,भरतपुर ।
वाल्मीकि शिक्षा सदन भरतपुरले रजत महोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । जुरेस, वाल्मीकिका सभापति बजुद न्यौपानेको अध्यक्षता र संस्थाका प्राचार्य प्रदीप पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रम जुरेसका सचिव कृस्टल घिमिरेले संचालन गरेका थिए ।

जुरेसका उपसभापति रोमन घिमिरेले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रममा प्राचार्य प्रदीप पौडेलले रक्तदानको महत्त्वबारे प्रकाश पार्दै रक्तदाता एवम् आयोजकलाई धन्यवाद व्यक्त गरे ।
अधिकांश कक्षा १२ का विधार्थी सफभागी रक्तदानमा ७५ युनिट रगत सङ्कलन भएको प्राविधिक टोलीका प्रमुख प्रादेशिक रक्तसञ्चार कार्यालयका प्राविधिक यमजी महतोले जानकारी गराए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट