हंसको अध्यक्षमा पुनः दिनेश चुके सर्वसम्मत

भरतपुर, २१ मंसिर ।
हंस बहुउद्देश्यीय सहकारी संस्था लि. को १९ औं वार्षिक साधारणसभाबाट अध्यक्षमा दिनेशकुमार चुके निर्विरोध चयन भएका छन् ।
बुधबार नारायणगढमा सम्पन्न निर्वाचन कार्यक्रममा उपाध्यक्षमा बाबुराम अधिकारी, सचिवमा शारदा शर्मा पौडेल, कोषाध्यक्षमा प्रमोद कुमार श्रेष्ठ, सञ्चालक सदस्यहरुमा प्रा.डा. होमनाथ सापकोटा, षडानन्द लामिछाने, ध्रुवकुमार ओझा, अनिता मैनाली, देशबन्धु अधिकारी, सन्देश पाठक र सूर्य बराल निर्विरोध चयन भएका छन् ।

लेखा सुपरिवेक्षण समितिको संयोजकमा गोविन्दप्रसाद पौडेल, गोविन्द सुवेदी र कृष्णहरि तिमल्सेना निर्विरोध चयन भएको जानकारी निर्वाचन समितिका संयोजक अधिवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । संस्थाले मंसिर १८ गते टाँडी सेवाकेन्द्र, १९ गते विजयनगर सेवाकेन्द्र र २० गते प्रधान कार्यालय नारायणगढमा एकाइगत बैठक बस्दै त्यहाँबाट छनौट भएका प्रतिनिधिहरुको प्रतिनिधिमूलक १९ औं साधारण सभा बुधबार सम्पन्न गरेको हो ।
साधारण सभा संगसंगै संस्थाले आफ्नो १३ औं वार्षिकोत्सव कार्यक्रम समेत सम्पन्न गरेको थियो । १७ गते जीतपुर सेवा केन्द्रको नवनिर्मित भवन समुद्घाटन गरिएको थियो । विभिन्न विधामा सदस्यहरुलाई सम्मान गर्नुका साथै रक्तदान कार्यक्रम समेत आयोजना गरेको अध्यक्ष चुकेले बताए । उनले आगामी वर्ष बहुउद्देश्यीय परियोजना सञ्चालन गरिने र सदस्यहरुलाई थप सेवाहरु प्रदान गर्ने जानकारी दिए ।

साधारण सभाले सञ्चालक समितिबाट प्रस्ताव गरिएका विषय तथा पेश गरिएका प्रतिवेदनमाथि छलफल गरी अनुमोदन गरेको थियो । संस्थाले आ.व. २०७८÷०७९ को मुनाफाबाट १२ प्रतिशत बोनस वितरण गर्ने र नियमानुसार संरक्षित पुँजी फिर्ता कोषको रकम वितरण गर्ने प्रस्ताव समेत पारित गरेको जानकारी कोषाध्यक्ष प्रमोदकुमार श्रेष्ठले बताए ।

हाल संस्थामा ४ हजार ३५ जना सदस्य छन् । संस्थाले ६५ करोड ६८ लाख ५६ हजार रुपैयाँ बचत संकलन गरी ६८ करोड पाँच लाख ९२ हजार ऋण लगानी गरेको छ । कूल पुँजी १० करोड २५ लाख १६ हजार, जगेडा कोष पाँच करोड तीन लाख २५ हजार तथा कूल सम्पत्ति ८८ करोड ५ लाख २८ हजार रहेको जानकारी संस्थाका प्रबन्धक नारायणप्रसाद सापकोटाले जानकारी दिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट