अस्पष्ट बोल्ने बालबालिकाका लागि बोल्ने शिविर

भरतपुर, २१ मंसिर । भरतपुरमा स्पिच थेरापी अर्थात बोलीको शिविर कार्यक्रम गरिएको छ । फेक्ट नेपालको आयोजनामा रिसर्ज इन्टरनेशनलको आर्थिक सहयोग तथा नारायणगढ लायन्स क्लब, लायन्स क्लब अफ नारायणगढ बालकुमारी, लायन्स क्लब अफ नारायणगढ नारायणी र लियो क्लब अफ नारायणगढको आतिथ्यमा स्पिच थेरापी क्याम्प (बोलीको शिबिर) गरिएको थियो । जन्मजात खोँडे (तालु काटेका) भएका, शल्यक्रियापश्चात […]
हंसको अध्यक्षमा पुनः दिनेश चुके सर्वसम्मत

भरतपुर, २१ मंसिर । हंस बहुउद्देश्यीय सहकारी संस्था लि. को १९ औं वार्षिक साधारणसभाबाट अध्यक्षमा दिनेशकुमार चुके निर्विरोध चयन भएका छन् । बुधबार नारायणगढमा सम्पन्न निर्वाचन कार्यक्रममा उपाध्यक्षमा बाबुराम अधिकारी, सचिवमा शारदा शर्मा पौडेल, कोषाध्यक्षमा प्रमोद कुमार श्रेष्ठ, सञ्चालक सदस्यहरुमा प्रा.डा. होमनाथ सापकोटा, षडानन्द लामिछाने, ध्रुवकुमार ओझा, अनिता मैनाली, देशबन्धु अधिकारी, सन्देश पाठक र सूर्य […]
तामाङ पत्रकार संघले मनायो १९औं स्थापना दिवस

भरतपुर, २१ मंसिर । तामाङ पत्रकार संघ चितवन शाखाले १९औं स्थापना दिवस मनाएको छ । संघले १९औं स्थापनाको अवसर पारेर बुधबार भरतपुरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरेको हो । तामाङ पत्रकार संघ केन्द्रीय सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि राजेश रुम्बा तामाङले राज्यको जुनसुकै तहतप्कामा पुग्नका लागि संगठित हुन जरुरी भएको बताए । संगठित भए […]
अलपत्र रंगशाला सफा गरी खेल्ने याेजनामा भरतपुर क्रिकेट क्लब

भरतपुर, २१ मंसिर । भरतपुरमा अलपत्र अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई खेल मैदानकाे रूपमा सञ्चालन गर्न भरतपुर क्रिकेट क्लबले पहल गर्ने भएकाे छ । रंगशालाकाे रूपमा पूर्ण सञ्चालन हुने छाँट नदेखिइरहेकाे बेला क्लबले सबै क्रिकेटप्रेमीकाे साथ लिएर सरसफाइ गरी खेल्न मिल्ने बनाउन लागेकाे जनाएकाे छ । क्लबले यस अभियानलाई ‘मैदानकाे सरसफाइ तथा सञ्चालनका लागि संघर्ष कार्यक्रम’ भनेकाे […]
नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय रग्बी च्याम्पियनशिप हुँदै

काठमाडौँ, २१ मङ्सिर । नेपालमा पहिलो पटक १८ वर्षमुनि (यू–१८) को महिला तथा पुरुष अन्तर्राष्ट्रिय रग्बी च्याम्पियनशिप हुने भएको छ । एसिया रग्बी सङ्घको आयोजना तथा नेपाल रग्बी सङ्घको व्यवस्थापनमा यही मङ्सिर २४ र २५ गते त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा प्रतियोगिता आयोजना हुने नेपाल रग्बी सङ्घका कार्यवाहक अध्यक्ष दीपक देवकोटाले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी […]
महाभियोगको प्रस्ताव जीवितै छ: मन्त्री कार्की

काठमाडौँ, २१ मङ्सिर । सरकारले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरामाथिको महाभियोगको प्रस्ताव जीवितै रहेको जनाएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले महाभियोग सार्वभौम सम्पन्न संसद्को सम्पत्ति भएकाले आगामी प्रतिनिधिसभामा छलफल भएर यो विषय निर्णयमा पुग्ने स्पष्ट पार्नुभयो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “महाभियोगसम्बन्धी प्रस्तावमाथि […]
भरतपुर विमानस्थलमा नयाँ टर्मिनल भवन बन्ने

चितवन, २१ मङ्सिर । भरतपुर विमानस्थलमा नयाँ टर्मिनल भवन बन्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले नयाँ टर्मिनल भवन निर्माण गर्न लागेको हो । यात्रुको चाप हुने यो विमानस्थल विस्तारका लागिसमेत प्रक्रिया अघि बढाइएको छ । प्राधिकरणले टर्मिनल भवनका लागि बोलपत्र आह्वान गरी प्राविधिक मूल्याङ्कनको क्रममा छ । प्राधिकरणका इञ्जिनीयर नलविक्रम थापाका अनुसार ६ […]
चोलेन्द्रविरुद्धको महाअभियोग निष्क्रिय, आजै सर्वोच्च जाँदै

काठमाडौं, २१ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव निष्क्रिय भएको छ । संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जबरालाई महाअभियोग प्रस्ताव निष्क्रिय भएको पत्र दिएको जानकारी दिए । यससँगै जबराको निलम्बन हटेको छ । उनी बुधबार सर्वोच्च अदालत जाने भएका छन् । गत १ फागुनमा उनीविरुद्ध ९८ जना सांसदले महाभियोगको प्रस्ताव दर्ता […]
२०७९ मंसिर २१ गते बुधवारको कायाकैरन दैनिक (E-paper)