सापकोटा वंशावली लगत संकलन गरिँदै

भरतपुर, १८ मंसिर ।
भरतपुरमा सापकोटा वंशावली लगत संकलन कार्यक्रम हुने भएको छ । यही मंसिर २० गते सापकोटा कल्याण केन्द्र नेपाल (सापकोटा वंशावली) भरतपुर महानगरपालिका ९ शरदपुरले सापकोटा वंशावलीको लगत संकलन कार्यक्रम आयोजना गरेको हो ।

सापकोटा कल्याण केन्द्र नेपाल जिल्ला कार्यसमिति चितवनका अध्यक्ष मनिस सापकोटाले एक बिज्ञप्ती जारी गर्दै त्रिपुरेश्वर महादेव शिव मन्दिर परिसर भरतपुर ९ शरदपुरमा देशभर छरिएर रहेका सापकोटा दाजुभाइ दिदीबहिनीको वंशावली लगत संकलन गर्ने क्रममा चितवनमा पनि सापकोटा वंशावली संकलनको कार्यक्रम आयोजना गरेको बताएका छन् ।

उनले पूर्व संकलित वंशावली पुस्तिकामा छुट भएका सापकोटा वंशावलीहरुको पनि नाम संकलन गर्न पर्ने भएकोले कार्यक्रममा सम्पूर्ण सापकोटा बन्धुहरुलाई उपस्थित भईदिनु हुन अनुरोध गरेका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट