सापकोटा वंशावली लगत संकलन गरिँदै

भरतपुर, १८ मंसिर । भरतपुरमा सापकोटा वंशावली लगत संकलन कार्यक्रम हुने भएको छ । यही मंसिर २० गते सापकोटा कल्याण केन्द्र नेपाल (सापकोटा वंशावली) भरतपुर महानगरपालिका ९ शरदपुरले सापकोटा वंशावलीको लगत संकलन कार्यक्रम आयोजना गरेको हो । सापकोटा कल्याण केन्द्र नेपाल जिल्ला कार्यसमिति चितवनका अध्यक्ष मनिस सापकोटाले एक बिज्ञप्ती जारी गर्दै त्रिपुरेश्वर महादेव शिव मन्दिर […]
पूर्वी चितवनमा मृत अवस्थामा भेटियो गैँडा
मंसिर १८, भरतपुर । पूर्वी चितवनमा एउटा मृत गैँडा भेटिएको छ। कालिका नगरपालिका-१ स्थित चर्तुमखी सामुदायिक वनमा सडेगलेको अवस्थामा गैँडा फेला परेको हो । गैँडा करिब ६ महिनाअघि मरेको अनुमान गरिएको छ । उक्त गैँडाको लिङ्ग र उमेर पहिचान हुन सकेको छैन। गैँडाका खाग र तीनवटा खुर गायब छन् । गैँडाको खप्पर र बाँकी रहेका […]
छोरी जन्मिए बैंक खातामा पाँच हजार उपहार

मध्यविन्दु, १८ मंसिर । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाले छोरी जन्मिए पाँच हजार नगदसहितको बैंक खाता उपहार दिन थालेको छ । गाउँपालिकाले ‘हाम्रो छोरीको सुनौलो भविष्य’ कार्यक्रममार्फत छोरी जन्मिए पाँच हजार रुपैयाँ बैंक खातामा जम्मा गरिदिने कार्यक्रम सञ्चालन गरे अभिभावकहरू शिशुको नामकरणपछि बैंक खाता खोल्न जुट्ने गरेका छन् । गाउँपालिकाले आर्थिक वर्षदेखि २०७८/७९ देखि लागू […]
शमशेर लामाले शंखु दराईको घर बनाइ दिने

भरतपुर, १८ मंसिर । राप्ती नगरपालिकाका मेयर शमशेर लामाले अत्यन्त बिपन्न एवम् दयनीय अवस्थामा एक्लो जीवन व्यतित गरिरहेका राप्ती नगरपालिका-६, रामपुर झर्ना निवासी ६४ वर्षीय शंखु दराईको लागि घर बनाइदिने घोषणा गरेका छन् । शारीरिकरुपमा समेत अशक्त रहेका दराईलाई आइतबार नै मेयर लामाले सिरक, डसना, तन्ना, तकिया, चामल, दाल, नुनतेल, मरमसला हस्तान्तरण गरेका छन् । […]
राप्तीमा डुबेर २ जनाको मृत्यु

दाङ,१८ मंसिर । बाँकेको राप्ती नदीमा डुबेर दुई जनाको मृत्यु भएको छ। राप्ती सोनारी गाउँपालिका वडा नम्बर ६ फत्तेपुरका १३ वर्षीया अर्चना थारू र २२ वर्षका कञ्चन थारूको नदी तर्ने क्रममा मृत्यु भएको हो। उनीहरू शनिबार दिउँसो नदी तर्ने क्रममा बेपत्ता भएका थिए। उनीहरूको शव आज बिहान ९ बजेतिर फेला परेको प्रहरीले जनाएको छ। जिल्ला […]
टोल-टोलमा पुगेर बिकास निर्माण बारे छलफलमा सांसद जोशी

चितवन, १८ मंसिर । चितवन २ (ख) का नवनिर्वाचित सांसद उत्तम जोशीले भरतपुर ११ र १२ का वडाबासीसँग बिकास निर्माण बारे छलफल गरेका छन् । जोशीले दुबै वडामा रोकिएका बिकास निर्माणका काम र नयाँ योजना बारे स्थानीयसँग छलफल गरेका हुन् । उनले बिकास निर्माण बारे स्थानीयको गुनासो पनि सुनेका छन् । सो क्रममा स्थानीयले ढलको […]
ह्वीलचियर प्रयोगकर्ताबीच मैत्रीपूर्ण बास्केटबल प्रतियोगिता

मध्यविन्दु, १८ मङ्सिर । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को देवचुली नगरपालिकामा देवचुली र पोखराका ह्वीलचियर प्रयोगकर्ताको मैत्रीपूर्ण बास्केटबल प्रतियोगिता सम्पन्न भएको छ । पाँच–पाँच जनाको समुहमा विभाजित दुई समूहले ह्वीलचियरकै माध्यमबाट आफ्नो खेल प्रदर्शन गरेका थिए । खेलमा पोखराको समूह विजेता बनेको छ । ह्वीलचियर प्रयोगकर्ता पनि सवलाङ्ग व्यक्तिसरह सक्षम रहेको देखाउन प्रतियोगिता सञ्चालन गरिएको धवलागिरि अपाङ्ग […]
पर्यटकलाई आकर्षित गराउँदै दगामका ‘होमस्टे’

गण्डकी, १८ मङ्सिर । उत्तरपट्टि लस्करै मिलेका चाँदीजस्तै टलक्क टल्केका हिमाल । अन्नपूर्ण, धवलागिरि, मनास्लुसहित माछापुच्छ्रेलगायत हिम चुचुरासँग नाङ्गा आँखा जुधाउन सकिन्छ । दक्षिण, पूर्व र पश्चिमतर्फ ठम्याउन सकिने नौवटा जिल्लाका रमणीय दृश्यहरू समेतलाई एकसाथ अवलोकन गर्न सकिनु तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं २ दगाम गाउँको परिचय हो । प्राकृतिक सौन्दर्य, स्वच्छ हावापानी, जैविक खाना, […]
पर्यटकीय गन्तव्य बन्दै चितवनको पामडाँडा

भरतपुर, १८ मङ्सिर । पर्यटनका लागि प्रचुर सम्भावना बोकेको चितवनको पामडाँडा विकास र प्रचार– प्रसारको अभावमा ओझेलमा परेको छ । इच्छाकामना गाउँपालिका–५ मा पर्ने सो क्षेत्रमा गुरुङ समुदायको पुरानो बसोबास रहेको क्षेत्र हो । यहाँबाट अन्नपूर्ण, माछापुच्छ्रे, गणेश लगायतका हिमश्रृङखलाको सुन्दर दृश्य देख्न पाइन्छ । मुग्लिन बजारबाट तामिन हुँदै आठ किलोमिटरको यात्रापछि सो स्थानमा पुग्न […]
चितवनमा धान उत्पादनमा वृद्धि

चितवन, १८ मङ्सिर । जिल्लामा यस वर्ष वर्षे धानको उत्पादन बढेको छ । कृषि ज्ञान केन्द्र भरतपुरका अनुसार जिल्लाभर यस वर्ष धान उत्पादन ११ हजार चार सय ८६ मेट्रिक टन वृद्धि भएको हो । यस वर्ष २२ हजार नौ सय ७२ हेक्टर क्षेत्रफलमा ९६ हजार चार सय ८२ मेट्रिक टन धान उत्पादन भएको ज्ञान केन्द्रका […]
प्रश्न : नेपाली साहित्य जगतको फराकिलो ज्ञान

उदय अधिकारीद्वारा लिखित `प्रश्न´ पुस्तक पढेर सकेँ । पुस्तक किन्नुभन्दा अघि केही साथीहरूलाई ‘प्रश्न कस्तो छ ?’ भनेर सोधेकी थिएँ । केहीले अन्तर्वार्ता हो, ठिकै छ भने । केहीले पढ, राम्रो छ भने । एक मन त कथा पनि होइन, उपन्यास पनि होइन न कविता नै हो ! के पढ्नु जस्तो लाग्यो । तर पनि […]
‘शून्यको मूल्य’ सार्वजनिक

कर्णाली, १८ मङ्सिर । बालरोग विशेषज्ञ डा नवराज केसीद्वारा लिखित ‘शून्यको मूल्य’ पुस्तक सार्वजनिक भएको छ । पुस्तकभित्र सास, साहस र स्नेहका विषयस्तुमा केन्द्रित कथालाई सरल रुपमा प्रस्तुत गरिएका छन् । पुस्तकको डा केसीका आमा टीका केसी, सामाजिक अभियान्ता राधा पौडेल, लेखिका म्यागी डोयनले शनिबार संयुक्तरूपमा लोकार्पण गरेका थिए। सो अवसरमा अभियान्ता पौडेलले ‘शून्यको मूल्य’ […]
२०७९ मंसिर १८ गते आइतवारको कायाकैरन दैनिक (E-paper)
सेयर सदस्यको आँखा परिक्षण

मंसिर १७, भरतपुर । आनन्द कृषि सहकारी संस्थाले आज शनिबार आफ्ना शेयर सदस्यहरुलाई निःशुल्क आँखा परिक्षण शिबिर सञ्चालन गरेको छ । नेपाल नेत्र ज्योति संघ भरतपुर आँखा अस्पतालको प्राविधिक सहयोगमा सो आँखा शिबिर सञ्चालन गरिएको हो । भरतपुर महानगर पालिका वडा नम्बर ४ का कार्यवाहक अध्यक्ष ठाकुरप्रसाद सापकोटा प्रमुख अतिथि रहेको सो आँखा शिबिरमा १३० […]
अर्जेन्टिना अन्तिम आठमा, सेमिफाइनल पुग्न नेदरल्यान्ड्ससँग भिड्ने

भरतपुर, १८ मंसिर । अर्जेन्टिना फिफा विश्वकप २०२२ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । अन्तिम १६ को खेलमा अस्ट्रेलियालाई २-१ गोलले पराजित गर्दै अर्जेन्टिना अन्तिम आठमा प्रवेश गरेको हो । अर्जेन्टिनाको जितमा कप्तान लिओनल मेसी र जुलियन अल्भारेजले एक एक गोल गरे । यस्तै अर्जेन्टिनाका फर्नान्डेजले आत्मघाती गोल गरे । मेसीले खेलको ३५ मिनेटमा ओटामेन्डीको […]