मंसिर १८, भरतपुर ।
पूर्वी चितवनमा एउटा मृत गैँडा भेटिएको छ।
कालिका नगरपालिका-१ स्थित चर्तुमखी सामुदायिक वनमा सडेगलेको अवस्थामा गैँडा फेला परेको हो । गैँडा करिब ६ महिनाअघि मरेको अनुमान गरिएको छ । उक्त गैँडाको लिङ्ग र उमेर पहिचान हुन सकेको छैन।
गैँडाका खाग र तीनवटा खुर गायब छन् । गैँडाको खप्पर र बाँकी रहेका नौवटा खुरलाई सुरक्षित राखिएको डिभिजन वन कार्यालय चितवनका सहायक वन अधिकृत बालकृष्ण खनालले बताए ।
गस्तीका क्रममा मरेको गैँडा भेटिएको हो । डिभिजन वन र चितवन राष्ट्रिय निकुञ्जको टोली पुगेर पोष्टमार्टम गरेको थियो । प्राकृतिक कारणले मरेको या चोरी शिकारी भएको भन्ने बारे पोष्टमार्टमको रिपोर्टपछि मात्रै थाहा हुने खनालले बताए ।





