भरतपुर, १८ मंसिर ।
राप्ती नगरपालिकाका मेयर शमशेर लामाले अत्यन्त बिपन्न एवम् दयनीय अवस्थामा एक्लो जीवन व्यतित गरिरहेका राप्ती नगरपालिका-६, रामपुर झर्ना निवासी ६४ वर्षीय शंखु दराईको लागि घर बनाइदिने घोषणा गरेका छन् ।
शारीरिकरुपमा समेत अशक्त रहेका दराईलाई आइतबार नै मेयर लामाले सिरक, डसना, तन्ना, तकिया, चामल, दाल, नुनतेल, मरमसला हस्तान्तरण गरेका छन् । साथै आजबाट नै उनको घर बनाउन शुरु गर्ने बताएका छन् । सहयोग हस्तान्तरण कार्यक्रममा राप्ती नगरपालिकाका उपमेयर देवेन्द्र लामा, युवा समाजसेवी कुबेर लामा, रामबहादुर सारुमगर, संचारकर्मीद्वय मनोज पन्त र दिलिप डल्लाकोटीको समेत उपस्थिति रहेको थियो ।





