अर्जेन्टिना अन्तिम आठमा, सेमिफाइनल पुग्न नेदरल्यान्ड्ससँग भिड्ने

भरतपुर, १८ मंसिर ।
अर्जेन्टिना फिफा विश्वकप २०२२ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

अन्तिम १६ को खेलमा अस्ट्रेलियालाई २-१ गोलले पराजित गर्दै अर्जेन्टिना अन्तिम आठमा प्रवेश गरेको हो ।

अर्जेन्टिनाको जितमा कप्तान लिओनल मेसी र जुलियन अल्भारेजले एक एक गोल गरे । यस्तै अर्जेन्टिनाका फर्नान्डेजले आत्मघाती गोल गरे ।

मेसीले खेलको ३५ मिनेटमा ओटामेन्डीको पासमा गोल गरेका थिए ।

५७ मिनेटमा अल्भारेजले अग्रता दोब्बर पारेका थिए । अस्ट्रेलियाका रायनले गल्ती गरेको बलमा अल्भारेजले गोल गर्न सफल भएका थिए ।

खेलको ७७ मिनेटमा अस्ट्रेलियाले गोल फर्कायो । गुडविनले डिबक्स बाहिरबाट हानेको सशक्त प्रहार इन्जो फर्नान्डेजको शरिरमा लागेर गोल पोस्टमा छिरेको थियो ।

अर्जेन्टिना अन्तिम आठमा पुगेको यो खेलसँगै मेसीले करिअरको १०००औं खेल खेले । मेसीले एक हजार खेलको कोशेढुंगा पार गरेको यो खेलमा मेसीले अर्जेन्टिनाका लागि कप्तानी गरेको १००औं खेलमा पनि हो ।

देशका लागि १६९ खेल खेलिसकेका मेसीले अन्तर्राष्ट्रिय गोल संख्या ९४ पुर्‍याएका छन् ।

दुई पटकको विजेता अर्जेन्टिना विश्वकपमा आठौं पटक अन्तिम आठमा पुगेको हो ।

अब अन्तिम आठमा अर्जेन्टिनाले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ । नेदरल्यान्ड्सले यसअघि अमेरिकालाई ३-१ गोलले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएको थियो ।

अर्जेन्टिना र नेदरल्यान्ड्सबीच अब आगामी शुक्रबार खेल हुनेछ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट