सेयर सदस्यको आँखा परिक्षण

मंसिर १७, भरतपुर ।
आनन्द कृषि सहकारी संस्थाले आज शनिबार आफ्ना शेयर सदस्यहरुलाई निःशुल्क आँखा परिक्षण शिबिर सञ्चालन गरेको छ । नेपाल नेत्र ज्योति संघ भरतपुर आँखा अस्पतालको प्राविधिक सहयोगमा सो आँखा शिबिर सञ्चालन गरिएको हो ।

भरतपुर महानगर पालिका वडा नम्बर ४ का कार्यवाहक अध्यक्ष ठाकुरप्रसाद सापकोटा प्रमुख अतिथि रहेको सो आँखा शिबिरमा १३० जनाको परिक्षण गरिएको थियो । परिक्षण गरिएका मध्य १३ जनामा मोतियाबिन्दु भएको पाईएको प्राविधिकहरुले जानकारी दिएका छन् । उनीहरुलाई भरतपुर आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया गरिने संस्थाका अध्यक्ष शोभाप्रसाद आचार्यले जानकारी दिए ।

भरतपुर ४ स्थित राधाकृष्ण मन्दिर परिसरमा सम्पन्न निःशुल्क आँखा शिबिर कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष शोभाप्रसाद आचार्यले गरेका थिए । सहकारीले समय समयमा आफ्ना शेयर सदस्यहरुका लागि विभिन्न स्वास्थ्य शिबिरहरु गर्दै आईरहेको छ ।यस सहकारीको स्थापना २०६८ सालमा भएको हो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट