नयाँ वर्षको अवसरमा नारायणगढको क्याम्पाचौरमा ‘चितवन म्युजिक फेस्ट’ हुने

भरतपुर,१७ मंसिर।

नयाँ वर्ष सन २०२३ को अवसरमा नारायणगढको क्याम्पाचौरमा ‘चितवन म्युजिक फेस्ट’ आयोजना हुने भएको छ । आगामी पुस १६ र १७ गते अर्थात डिसेम्बर ३१ र जनवरी १ तारिख गरि दुई दिनसम्म ‘म्युजिक फेस्ट’ आयोजन गर्न लागिएको हो ।

चितवनमा रहेर विभीन्न किसीमका इभेन्ट गराउर्दै आएको डिजिफ्लाई वाण्डिङ एजेन्सीले एस्ट्रल युथ क्लब सँगको सहकार्यमा कार्यक्रम गर्न लागेको हो । शनिबार कार्यक्रमबारे जानकारी दिन भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै डिजीफ्लाईका सिइओ प्रुसुन श्रेष्ठले ‘चितवन म्युजिक फेस्ट’ मा राष्ट्रिय तथा स्थानीय स्तरमा ख्यातीप्राप्त कलाकारहरुको प्रस्तुति सँगै फुड स्टलहरु पनि रहने जानकारी गराए । ‘फेस्ट’ मा सविन राई, नविन के भट्टराई, कबवेब व्याण्ड, कालीप्रसाद बास्कोटा, दि एलिमेन्ट्सको विशेष प्रस्तुति दुई दिनसम्म रहने सिइओ श्रेष्ठले बताए । म्युजिक फेस्टमा मुख्य आकर्षण संगित नै भएपनि त्योसँगै १७ वटा फूड स्टल रहने पनि उनले जानकारी दिए । फूड स्टलसँगै गेम स्टल, फेस पेन्टिङ स्टल पनि रहनेछन ।  फुड स्टल राख्न चाहने व्यवसायीहरुलाई शुल्क नलाग्ने तर कार्यक्रमको सौजन्यकर्ताहरुको उत्पादन मात्रै स्टलमा राख्ने पाइने आयोजकका सर्त रहेको उनले जनाए ।

सो कार्यक्रम सम्पन्न गर्न ६५ लाख खर्च हुने र झण्डै १० हजार दर्शकले कार्यक्रम अवलोकन गर्ने अनुमान आयोजकको छ । कार्यक्रममा दुई किसिमको टिकटको व्यवस्था गरिएको एस्ट्रल युथ सोसाइटीका प्रकाश भुजेलले बताए । पाँच सयको रेगुलर र एक हजारको भिआईपी टिकट रहको उनले उल्लेख गरे । सो कार्यक्रमको आर्थिक फाइदाको केहि प्रतिशत खेलकुद विकासको लागि छुट्याउने आयोजकले बताएको छ । कार्यक्रमले आन्तरिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने पनि  आयोजकको विश्वास छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट