बालमैत्री नगर निर्माणका लागि अभिमुखीकरण

कावासोती, १७ मंसिर । कावासोती नगरपालिकालाई बालमैत्री नगर निर्माणका लागि कावासोतीमा अभिमुखीकरण सम्पन्न भएको छ । कावासोती नगरलाई बालमैत्री घोषणा गर्नको लागि वडा वडामा बाल अधिकार, बालमैत्री स्थानीय शासनको बारेमा अभिमुखिकरण गरिएको हो । कावासोती नगरपालिका वडा नम्बर २ र ५ का वडास्तरीय बालक्लबका पदाधिकारीहरु र बालबालिकाहरुलाई बाल अधिकार, किशोरी अधिकार र बालमैत्री स्थानीय शासन […]
सरकार गठनमा सबै विकल्प खुला छ: माओवादी

काठमाडौँ, १७ मङ्सिर । नेकपा (माओवादी केन्द्र)ले नयाँ सरकार गठनका सम्बन्धमा सबै विकल्प खुला राख्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको सो पार्टीको पदाधिकारीको बैठकले सरकार गठनका सम्बन्धमा गठबन्धन र अन्य सबै विकल्प खुला राख्ने निर्णय गरेको छ । बैठकपछि माओवादीका उपाध्यक्ष कृष्णबहादुर महराले दिएको जानकारीअनुसार यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा […]
कम्युटर एशोसियसन महासंघ चितवनको अध्यक्षमा भुषाल

चितवन,१७ मंसिर । कम्युटर एशोसियसन नेपाल महासंंघ, (क्यान) चितवनको अध्यक्षमा टेकलाल भुषाल चयन भएका छन् । क्यान चितवनको शनिबार भरतपुरमा भएको १७ औं साधारणसभा तथा ८ औं अधिवेशनले भुषाललाई सर्वसम्मत चयन गरेको हो । एशोसियनको उपाध्यक्षमा दिलिपकुमार तामाङ, कोषाध्यक्षमा रुपक नेपाल,सचिवमा कृष्ण पोख्रेल र सहसचिवमा अनिता भुषाल चयन भएका छन् । यस्तै सदस्यहरुमा विनोद सापकोटा, […]
नयाँ वर्षको अवसरमा नारायणगढको क्याम्पाचौरमा ‘चितवन म्युजिक फेस्ट’ हुने

भरतपुर,१७ मंसिर। नयाँ वर्ष सन २०२३ को अवसरमा नारायणगढको क्याम्पाचौरमा ‘चितवन म्युजिक फेस्ट’ आयोजना हुने भएको छ । आगामी पुस १६ र १७ गते अर्थात डिसेम्बर ३१ र जनवरी १ तारिख गरि दुई दिनसम्म ‘म्युजिक फेस्ट’ आयोजन गर्न लागिएको हो । चितवनमा रहेर विभीन्न किसीमका इभेन्ट गराउर्दै आएको डिजिफ्लाई वाण्डिङ एजेन्सीले एस्ट्रल युथ क्लब सँगको […]
स्याङ्जा- ३ मा धनराजले झन् बढाए मतान्तर

स्याङ्जा, १७ मंसिर । स्याङ्जाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले मतान्तर बढाउँदै लगेका छन् । एमालेकी पद्मा अर्याललाई उनले ३ हजार ४ सय ४० मतले पछि पारेका छन् । बिहानसम्म यस्तो मतान्तर २ हजारको आसपास थियो । मध्यान्ह १२ः१० मा सार्वजनिक पछिल्लो परिणामअनुसार सत्ता गठबन्धनका साझा उम्मेदवार कांग्रेस उपसभापति […]
जनप्रतिनिधि चुनेपछि कामको खोजीमा भारत

वेदकोट, १७ मङ्सिर । प्रतिनिधि र प्रदेशसभा निर्वाचन सकिएसँगै कामको खोजीमा लागि भारत जाने नेपाली नागरिकको सङ्ख्या बढेको छ । पछिल्लो केही दिन यता पश्चिमी सीमानाका गड्डाचौकी भएर भारत जानेको सङ्ख्या बढेको हो । दैनिक चार सयको हाराहारीमा गड्डाचौकी नाका भएर भारततर्फ गइरहेको इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी नायव निरीक्षक बहादुर धामीले बताउनुभयो । “चुनाव […]
जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु

धनुषा, १७ मङ्सिर । धनुषामा आज बिहान जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जन्ती बोकेको बा१ज ८२९३ नम्बरको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको हो । धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले महोत्तरीको पिपरा गाउँपालिका गमहरियाका जन्ती इटहरीबाट फर्किंदै […]
घाटापूर्ति गर्न आयल निगमले घटाएन पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ, १७ मङ्सिर । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि नेपाल आयल निगमले मूल्य नघटाउने जनाएको छ । निगम हाल रु २७ अर्ब घाटामा रहेकाले मूल्य समायोजन नगर्ने भएको हो । निगमले शुक्रबार एक विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय बजारमा प्रशोधित पेट्रोलियम पदार्थको मूल्यमा आएको उतारचढावले विगत लामो समयदेखि नोक्सानीमा सञ्चालन हुँदै आएको उल्लेख गरेको […]
गीतकार शाहको `स्पन्दन´ विमोचन

नेपालगञ्ज, १७ मंसिर । गीतकार दिला शाहको गीति एल्बम `स्पन्दन´ नेपालगन्जमा विमोचन गरिएको छ । एल्बम शाहकी माता देवा शाहको सम्मानार्थ विमोचन गरिएको हो । बागेश्वरी असलशासन क्लब (बास) नेपाल र दिदीबहिनी समाज बाँकेको संयुक्त आयोजनामा साहित्यकार, गीतकार, रचनाकार दिला शाहको एकल रचना रहेको गीति एल्बम विमोचन गरिएको हो । चर्चित गाएक तथा संगीतकार सागर […]
अन्तिम खेलमा ब्राजिल पराजित, स्वीटजरल्यान्ड नकआउटमा

भरतपुर, १७ मंसिर । क्यामरुनले विश्वकप फुटबलअन्तर्गत समूह ‘जी’ को अन्तिम खेलमा ब्राजिललाई पराजित गरेको छ । क्यामरुनसँग पराजित भएपनि ब्राजिल समूह विजेता हुँदै प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको छ । यही समूहमा सर्बियालाई पराजित गर्दै स्वीट्जरल्यान्ड उपविजेता हुँदै विश्वपकपको नकआउट चरणमा पुगेको छ । एक खेलअघि नै विश्वकपको नकआउट चरणमा प्रवेश गरेको ब्राजिल क्यामरुनसँग १–० गोलले […]