स्याङ्जा- ३ मा धनराजले झन् बढाए मतान्तर

स्याङ्जा, १७ मंसिर ।

स्याङ्जाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले मतान्तर बढाउँदै लगेका छन् । एमालेकी पद्मा अर्याललाई उनले ३ हजार ४ सय ४० मतले पछि पारेका छन् । बिहानसम्म यस्तो मतान्तर २ हजारको आसपास थियो । मध्यान्ह १२ः१० मा सार्वजनिक पछिल्लो परिणामअनुसार सत्ता गठबन्धनका साझा उम्मेदवार कांग्रेस उपसभापति गुरुङले २५ हाजर ६ सय ६३ मत पाउँदा एमाले सचिव अर्यालले २२ हजार २ सय १३ मत ल्याएकी छन् ।

प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ मा पनि कांग्रेस उम्मेदवार नै अगाडि छन् । कांग्रेसका महेश भट्टराईले १३ हजार ६ सय २७ मतका साथ अग्रता बनाइरहँदा एमालेका बुद्धिमान श्रेष्ठ १२ हजार ३ सय ४५ मतका साथ भट्टराईलाई पछ्याइरहेका छन् । उनीहरूबीचको मतान्तर १ हजार २ सय ८२ छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट