सहभागी सहकारीको साधारणसभा

भरतपुर, १६ मंसिर ।
भरतपुर–९ स्थित सहभागी बचत तथा ऋण सहकारी संस्थाले १०औँ वार्षिक साधारणसभा गरेको छ । २०६९ सालमा स्थापना भएको सहकारीमा हाल ९ सय ७८ जना शेयर सदस्य छन् । सहकारीका अध्यक्ष डासिराम ढकालका अनुसार सहकारीको शेयर पुँजी १ करोड १६ लाख ४८ हजार ३ सय रुपैयाँ रहेको छ । ३ करोड ४२ लाख ३२ हजार ६ सय ५० रुपैयाँ ऋण लगानी गरेको छ । शेयर सदस्यलाई उद्यमशील र आत्मनिर्भर बनाउन सहकारीले लगानी गरेको उनले बताए ।
साधारणसभामा सचिव गोविन्द प्रसाद आचार्यले सचिवको र कोषाध्यक्ष रेखा पौडेलले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए । भरतपुर–९ का वडाध्यक्ष यमलाल कँडेलले सहकारीले व्यवसायमा लगानी वृद्धि गर्न सहयोगी बनेको बताए । सहकारीले सामाजिक उत्तरदायीत्व बहन गर्दै वडालाई नमुना बनाउन भूमिका खेल्नुपर्नेमा उनले जोड दिए ।

भरतपुर महानगरका सहकारी तथा रोजगार प्रर्वद्धन शाखा प्रमुख रामबाबु पौडेलले हरेक वर्ष बचत वृद्धि गर्दै शेयर सदस्यलाई आर्थिक समस्याहुँदाको साथी बन्नुपर्ने बताए ।
संस्थापक अध्यक्ष सूर्य खनालले सहकारीको मर्म र सिद्धान्तलाई आत्मसात गर्दै उद्यमशील समाज बनाउन लाग्नुपर्ने बताए । त्रिपुरेश्वर सहकारीका अध्यक्ष वेदप्रसाद सापकोटाले सहकारीलाई बदनाम हुन नदिन हरेक सदस्य जागरुक हुनुपर्ने बताए । ऋण उपसमितिका सदस्य महादेव अधिकारीले आर्थिक वर्ष २०७९/८० मा ४ करोड ५० लाख ऋण लगानी गर्ने लक्ष्य राखिको बताए । सञ्चालक समिति सदस्य राधिका उपाध्यायले साधरणसभामा विभिन्न विधामा ७ जनालाई पुरस्कृत समेत गरेको जानकारी दिए ।

उनका अनुसार असल बचतकर्ताका रुपमा कृष्णप्रसाद पौडेल, असल ऋणि रविकुमार दराई, असल बाल बचतकर्ता जोसना ढकाल, जेष्ठ असल बचतकर्ता गंगाबहादुर मगर पुरस्कृत भए । यस्तै शेयर सदस्यका परिवारबाट एसईईमा उत्कृष्ट नतिजा ल्याएका सुनिश्चत दहित, दीपशिखा बानियाँ, उत्कृष्ट कर्मचारी सहव्यवस्थापक कविता रुवाली पुरस्कृत भए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट